एनआरएनए स्वीडेनको अध्यक्षमा पाठक निर्विरोध

डिसी नेपाल
१ साउन २०७८ १८:२९

काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) स्वीडेनको नयाँ अध्यक्षमा राजकुमार पाठक (ओमशन) निर्विरोध चयन भएका छन् । संघको आगामी २०२१–०२३ कार्यकालका लागि पाठकले निर्विरोध नेतृत्वको जिम्मेवारी पाएका हुन् ।

निर्वाचन समिति संयोजक बद्री शर्माका अनुसार मनोनयन दर्ताका क्रममा दोहोरो उम्मेदवारी नपरेपछि सबै पद सर्वसम्मत भएको हो । वर्तमान कार्यसमितिमा महासचिव रहेका पाठकको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।

त्यस्तै, निवर्तमान अध्यक्ष दिनेश श्रेष्ठ आइसीसी सदस्यमा चुनिएका छन् । नयाँ कार्यसमितिको उपाध्यक्षमा विजय प्रधान, महासचिवमा गंगा घिमिरे, सचिवमा लोकेन्द्र खड्का र कोषाध्यक्षमा प्रविण श्रेष्ठ निर्वाचित भएका छन् ।

राजेन्द्र तामाङले युवा संयोजक र जानुका एण्डर्सनले महिला संयोजकको जिम्मेवारी पाएका छन् । निर्विरोध निर्वाचित कार्यसमिति सदस्यहरुमा पुनम राई, रमा श्रेष्ठ, नरेश भण्डारी, राजन महर्जन र विवेक केसी  रहेका छन् । एक सदस्यको पद भने रिक्त राखिएको छ, जुन नयाँ कार्यसमितिले मनोनित गर्ने छ ।

सबै उम्मेदवारहरुको विजयको औपचारिक घोषणा भने आउँदो २४ जुलाई अर्थात् महाधिवेशनका दिन गरिने संयोजक शर्माले बताए । स्वीडेनमा २३४ जनाले एनआरएनएको सदस्यता लिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *