एनआरएनए एनसीसी कतारको सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित

डिसी नेपाल
३ साउन २०७८ ११:०७

काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) कतारको सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएर नयाँ रेकर्ड बनेको छ । इतिहासमै पहिलोपटक सम्पूर्ण कार्यसमिति निर्विरोध र अध्यक्ष दुई कार्यकालको निर्विरोध भएर नयाँ रेकर्ड बनेको हो ।

साथै, एनआरएनए एनसीसी कतारको नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा पदभार ग्रहण सम्पन्न भएको छ । २०२१–२०२३ सम्मको कार्यकालको लागि यहि जुलाई १६ मा नवौं महाधिवेशन सम्पन्न भएको थियो ।

सपथ कार्यक्रममा प्रमुख अतिथि नेपाली दूताबास कतारका राजदूत डा.नारदनाथ भारद्वाज रहेका थिए भने विशेष अतिथिहरुमा आईसीसी अध्यक्ष कुमार पन्त, आईसीसी सचिव आरके शर्मा, आईसीसी प्रवक्ता डीबी क्षेत्री, मध्यपूर्व संयोजक प्रविन गुरुङ, मध्यपूर्व सह–संयोजकहरु मनोज कुमार श्रेष्ठ गोर्खाली, राजेन्द्र आर्याल, मध्यपूर्व युवा संयोजक राज रेग्मी रहेका थिए ।

त्यस्तै, आईसीसी सल्लाहकार टीबी कार्की, आईसीसी संस्थापक सदस्यहरु तथा मानार्थ परिषद सदस्यहरू, आईसीसी सदस्यहरू, एनसीसी कतारका पूर्व अध्यक्षहरू तथा पदाधिकारीहरू लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा एनआरएनए आइसीसी अध्यक्ष कुमार पन्तले एनआरएनए एनसीसीको कतारको यो सभ्यता हेर्न मध्यपूर्व र कतारलाई हेर्नुपर्ने बताए । यहाँबाट संस्कार सिक्नुपर्ने भन्दै एनसिसी कतारले विश्वलाई सन्देश दिएको बताए ।

निर्विरोध निर्वाचित भएका आईसिसि सदस्यमा नरेश श्रेष्ठ, सरिता भण्डारी पौडेल, टंक कुमार खड्का (कुमार), अर्षद हुसेन मुसलमान, पूर्ण बहादुर पोखरिया, रामु रेग्मी (कुमार) र तेज कटुवाल रहेका छन् । अध्यक्षमा मोहम्मद मुक्तदा मुसलमान, प्रथम उपाध्यक्षमा जैवी राई, द्धितिय उपाध्यक्षमा प्रेम चलाउने, महिला उपाध्यक्षमा अम्बिका खत्री, महासचिवमा पदम गिरी, सचिवमा रबिन थापा मगर र दिपजंग शाह, कोषाध्यक्षमा बिनोद प्रसाद बसौला, सहकोषाध्यक्षमा बालकृष्ण न्यौपाने विजयी भएका छन् ।

त्यसैगरी, नानु घले ब्लोन महिला संयोजकमा र युवा संयोजकमा डेक ब.भारती (सुमन) निर्बिरोध निर्बाचित भएका छन् । निर्वाचन समितिको मापदण्ड अनुसार लेखा समिति सदस्यमा उम्मेदवारी दिएका सन्तोष रेग्मीे लेखा समिति संयोजक, टीकाराम गौतम (अमित) र गणेश भट्ट निर्बिरोध निर्बाचित भएका छन् ।

एनआरएनए एनसीसी कतारकोे सदस्यमा तारानाथ बास्तोला (पवन), सेवक बि.क., खडक बहादुर पा फागो, नारायण प्रसाद ढुङगांना, मुखतार आलम, सन्तोष पौडेल, ओम बहादुर क्षेत्री (सन्तोष), बिष्णु बहादुर खड्का,सबिन्द्र श्रेष्ठ, गजेन्द्र राई, एकराज कट्वाल, मोहम्मद इनजाद आलम, अब्दुल खालिक शेख, दिनेश खत्री, जय प्रकाश यादव, मोहम्मद मेराजुद्दीन, रामबाबु यादव र अगन्धर देवकोटाको मात्रै उम्मेदवारी परेकाले उनीहरु निर्बिरोध निर्बाचित भएका हुन् ।

मुक्तदाको समुहलाई कतारमा रहेका जनप्रगतिशिल मन्च कतार, जनसम्पर्क समिति कतार, प्रबासी नेपालि मञ्च नेपाल समुह कतार, नेपाली समाज कतार, बिबेकशिल साझा कतार ,जनजाति महासङ्घ कतार, अन्तराष्ट्रिय मुस्लिम समालगायत कतारका ९० प्रतिशतभन्दा बढी संघ–संस्थाहरुले समर्थन गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *