एनआरएनए एनसीसी हङकङको अध्यक्षमा ढकाल निर्विरोध

डिसी नेपाल
३ साउन २०७८ २०:२०

काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) हङकङको अध्यक्ष पदमा गोकर्ण ढकाल निर्विरोध भएका छन् । वर्तमान कार्यसमितिमा महासचिवको जिम्मेवारीमा रहेका ढकालको नेतृत्वमा सिंगो कार्यसमिति नै निर्विरोध हुने भएको हो ।

आइतबार निर्वाचन समितिले सार्वजानिक गरेको नामावलीमा कुनै पदमा दोहोरो उम्मेदवारी परेको छैन् । नवगठित कार्यसमितिको उपाध्यक्षमा विजय कुमार गुरुङ र अनु राई उपाध्यक्षमा चयन भएका छन् ।

त्यस्तै महासचिवको जिम्मेवारी डिल्लीराम विश्वकर्मा पाएका छन् । सचिवमा ज्ञानेन्द्र थापा, कोषाध्यक्षमा दिव्य थापा र सहकोषाध्यक्षमा अर्जुन गौचन चुनिएका छन् । नयाँ कार्यसमितिमा कविता गुरुङले महिला संयोजक र असिम राईले युवा संयोजकको जिम्मेवारी पाएका छन् ।

सदस्यहरुमा श्याम कुमार श्रेष्ठ, आकाश बञ्जरा, विश्वनाथ घिसिङ, मनिष लिम्बु र सुरेश कलाल थापा निर्वाचित भएका छन् । हङकङबाट आइसीसी सदस्यमा किसन राई चुनिएका छन् ।

नयाँ कार्यसमितिको पदावधि दुई वर्षको रहनेछ । संघको अधिवेशन २५ जुलाइमा हुँदैछ । अधिवेशनपछि मात्रै नयाँ कार्यसमितिले सपथ खानेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *