एमालेको दशौं केन्द्रीय कमिटी बैठक जारी
काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ। एमाले एकताका लागि बनेको कार्यदलले जुटाएको १० बुँदे सहमतिको आधारमा एमालेले २०७५ जेठ २ अघिको केन्द्रीय कमिटी बैठक बोलाएको हो।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा जारी केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्ष सहभागी छैन। एमालेले विवाद समाधानका लागि गठित कार्यदलले जुटाएको दश बुँदे सहमतिको आधारमा बैठक बोलाएको हो।

त्यसैलाई आधार मानेर आज बोलाइएको बैठकलाई एमालेले १०औँ भनेको छ। माओवादीसँग पार्टी एक भएको दिन ०७५ जेठ ३ गते एमाले केन्द्रीय कमिटीको नवौँ बैठक बसेको थियो।

बैठक पार्टीको विधान महाधिवेशनका विषयमा केन्द्रित छ। साथै आइतबार प्रतिनिधिसभामा पार्टीको ह्विपविपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने आफ्ना सांसदका विषयमा पनि छलफल हुने बताइएकाे छ। पार्टीको ह्वीप उल्लंघन गर्दै प्रधानमन्त्री शेर बहादुर देउवाको पक्षमा २२ सांसदले विश्वाशको मत दिएका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment