एनआरएनए केन्याको अध्यक्षमा कृष्ण गैरे निर्विरोध

डिसी नेपाल
४ साउन २०७८ १९:५९

काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) केन्याको १८ जुलाईमा सम्पन्न पाँचौ राष्ट्रिय महाधिवेशनले संघको नयाँ कार्यसमितिको अध्यक्षमा कृष्ण प्रसाद गैरेलाई निर्विरोध निर्वाचित गरेको छ । आइतबार राजधानी नैरोबीस्थित माया रेस्टुरेस्टमा सम्पन्न संघको पाँचौ महाधिवेशनले गैरेको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको हो ।

महाधिबेशनले उपाध्यक्षमा सिवलाल अधिकारी, महिला उपाध्यक्षमा लक्ष्मी बुलन, महासचिवमा यज्ञमणि रेग्मी (भरत), सचिवमा सुरेश मोर, कोषाध्यक्षमा रवि जैन, महिला संयोजकमा मिरा गिरी, युवा संयोजकमा कमल अधिकारी र सदस्यहरुमा बिष्णु भुसाल, गणेश कामी, प्रभाकर भण्डारी, राजन अधिकारी, राजेश पाठक, रेवत श्रेष्ठ, लक्ष्मण गैरे निर्विरोध चयन भएका छन् । त्यसैगरी संघको आईसिसि सदस्यमा टिका धिताल चयन भएका छन् ।

अधिवेशनमा केन्याका लागि नेपालका अवैतानिक महावाणिज्यदूत जिम्मी अस्कर प्रमुख अतिथि थिए । सिवलाल अधिकारीको अध्यक्षतामा सम्पन्न अधिवेशन समारोहको सञ्चालन टिका धितालले गरेका थिए ।

कार्यक्रममा संघका पूर्व आइसीसी सदस्य यादव काफ्ले, संस्थापक अध्यक्ष तथा केन्द्रिय निर्वाचन पर्यवेक्षक कुल बहादुर कार्कीको पनि आतिथ्यता थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *