प्रदेश १ र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
फाइल फाेटाे
काठमाडौं। आइतबार प्रदेश १ र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पूर्वानुमान महाशाखाले बुलेटिन प्रकाशित गर्दै आगामी तीन दिनको मौसम पूर्वानुमान गरेको छ।
बुलेटिनमा भनिएको छ, ‘देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा तथा प्रदेश नं १ र गण्डकी प्रदेशका भारी बर्षाको संभाबना रहेको छ। पहाडी भूभूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाअउन हुन अनुरोध छ।’
अहिले देशभर सामान्य बदलीको अवस्था रहेको र प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज राति बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आइतबार दिउसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख गरिएको छ।
यस्तै, प्रदेश नं १ र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment