प्रचण्डलाई भीम रावलको जवाफ : म ढलेको होइन, एमाले ढाल्ने षड्यन्त्रविरुद्ध उभिएको हुँ

डिसी नेपाल
१० साउन २०७८ १३:०२
2.1k
Shares

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले माओवादी अध्यक्ष प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रती आपत्ति जनाउँदै एमाले विभाजन गर्न खोजेको आरोप लगाएका छन्।

नेता रावलले आफू प्रचण्डले भने झैँ ढलेको नभएर एमालेलाई ढाल्ने षड्यन्त्रका विरुद्ध र स्वस्थ राजनीतिक अभ्यासको पक्षमा उभिएको बताएका छन्।

नेता रावलले शनिबार राति विज्ञप्ति जारी गर्दै पछिल्लो गठबन्धन निर्माण पनि सबैको आ–आफ्नो स्वार्थ केन्द्रीत रहेको खुलासा गरेका हुन्। शनिबार माओवादी अध्यक्ष प्रचण्डले राजधानीमा आयोजित एक कार्यक्रममा भीम रावल नपत्याउँदो ढंगले ढलेको बताएका थिए।

त्यसको जवाफमा रावलले वक्तव्य निकाल्दै प्रचण्डले एमाले ढाल्न खोजेको र शेरबहादुर देउवासँग स्वाधीनताका विषयमा कुरा गर्ने मौका नदिएको आरोप लगाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *