एनआरएनए फिनल्याण्डमा आचार्यको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन

डिसी नेपाल
१० साउन २०७८ २१:२०

काठमाडौं । गैरआवासीय नेपाली संघ/राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) फिनल्याण्डमा निर्विरोध नयाँ कार्यसमिति चयन भएको छ । शनिवार सम्पन्न संघको सातौं अधिवेशनले शेखर आचार्यको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा शैलु भट्टराई, सुवास रिजाल, सुनील सुवाल, महासचिवमा दीपक केसी, कार्यकारी सचिवमा लभ उपाध्याय र कोषाध्यक्षमा सच्चिन्द्र रिमाल निर्वाचित भएका छन् । युवा संयोजकमा हरि जंग शाही र महिला संयोजकमा निर्मला खरेल चयन भएका छन् ।

त्यसैगरी निर्वाचित कार्यसमिति सदस्यहरुमा विनीत श्रेष्ठ, बिनोद तिमिल्सिना, देवेन्द्र घिमिरे, कल्याण गिरी, किरण पौडेल, मुक्ति पौडेल, निरुषा खत्री, राजन भण्डारी, शारदा कँडेल, सिर्जना न्यौपाने, सुजन पराजुली र सुमीत्रा रिजाल रहेका छन् । आइसीसी सदस्यमा प्रकाश पोखरेल चुनिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *