एनआरएनए हङकङको नवनिर्वाचित कार्यसमितिद्वारा सपथ

डिसी नेपाल
१० साउन २०७८ २१:४७

काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए) हङकङको आगामी कार्यकाल(२०२१–२०२३)को नवनिर्वाचित कार्यसमितिलाई सपथ खुवाइएको छ । संघको आठौं अधिवेशनको अवसरमा आयोजित कार्यक्रमका बीच गोकर्ण ढकाल नेतृत्वको नयाँ कार्यसमितिलाई सपथ खुवाइएको हो ।

सो अवसरमा वर्तमान अध्यक्ष टिका गुरुङ(राधिका)लाई पनि सम्मानका साथ बिदाई गरिएको थियो । एनआरएनए हङकङको आगामी कार्यकालको लागि ढकालको नेतृत्वमा सम्पूर्ण कार्यसमिति निर्विरोध चयन भएको थियो ।

संघको कार्यसमितिको उपाध्यक्षमा विजय कुमार गुरुङ र अनु राई, महासचिवमा डिल्लीराम विश्वकर्मा, सचिवमा ज्ञानेन्द्र थापा, कोषाध्यक्षमा दिव्य थापा र सहकोषाध्यक्षमा अर्जुन गौचन, महिला संयोजकमा कविता गुरुङ, युवा संयोजकमा असिम राई छन् ।

त्यस्तै, सदस्यहरुमा श्याम कुमार श्रेष्ठ, आकाश बञ्जरा, विश्वनाथ घिसिङ, मनिष लिम्बु र सुरश कलाल थापा चयन भएका छन् भने आइसीसी सदस्यमा किसन राई निर्विरोध भएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *