एनआरएनए एनसीसी निर्वाचनमा हालसम्म २३ देशमा नयाँ नेतृत्व चयन

डिसी नेपाल
१० साउन २०७८ २२:१४

काठमाडौं । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी)को हालसम्म २३ देशहरुमा नयाँ कार्यसमिति चयन भइसकेको छ । पछिल्लो अपडेट अनुसार २० वटा देशमा सर्वसम्मत र तीन वटा देशमा निर्वाचनको माध्यमबाट हालसम्म २३ देशमा नयाँ नेतृत्व चयन भएको हो ।

आज(आइतबार) नयाँ नेतृत्व चयनका लागि थाइल्याण्ड, फ्रान्स, बेल्जियम र जर्मनीमा निर्वाचन भइरहेको छ । सर्वसम्मत हुन नसकेका धेरै देशको निर्वाचन यही जुलाई ३१ तारखका दिन तोकिएको छ ।

अन्तर्राष्ट्रिय समन्वय परिषद्ले यही जुलाई महिनाभित्र निर्वाचन सम्पन्न गर्न सबै एनसीसीहरुलाई निर्देशन दिए बमाजिम एनसीसीहरु निर्वाचनमा केन्द्रित भइराखेका छन् ।

हालसम्म सर्वसम्मतीले नेतृत्व चयन भएका देशहरुमा एनआरएनए स्वीडेनमा राजकुमार पाठक, एनआरएनए फिनल्याण्डमा शेखर आयार्च, एनआरएनए इजरायलमा गणेश गिरी, एनआरएनए युगान्डामा बिनोद थापा, एनआरएनए आयरल्याण्डमा बिनोद कार्की, एनआरएनए कुवेतमा राणाध्वज लामा, एनआरएनए टर्कीमा उज्जल कुमार घिसिङ, एनआरएनए सेल्सेल्समा मनोज विक, एनआरएनए कंगोमा अमृत क्षेत्री, एनआरएनए इटलीमा छविलाल कँडेल, एनआरएनए हङकङमा गोकर्ण ढकाल, एनआरएनए केन्यामा कृष्ण प्रसाद गैरे रहेका छन् ।

त्यसैगरी, एनआरएनए मलेसिया विनोद कुमार थापा, एनआरएनए कोरियामा दिपक पुन, एनआरएनए म्यानमारमा देवेन्द्र नौलखा, एनआरएनए घानामा रोशन श्रेष्ठ, एनआरएनए लक्जेम्वर्गमा हरि खत्री, एनआरएनए स्वीटजरल्याण्डमा एल्मर लामा, एनआरएनए कतारमा मोहम्मत मुक्तदा मुसलमान, एनआरएनए ओमानमा विकल झा रहेका छन् ।

त्यस्तै, निर्वाचनको माध्यमबाट नयाँ नेतृत्व चयन हुनेमा एनआरएनए अमेरिकामा बुद्धि सागर सुवेदी, एनआरएनए पोल्याण्डमा जीवन केसी र एनआरएनए बहराइनमा लक्ष्मी गिरी रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *