उपेन्द्रको पक्षमा आयोगको फैसला, जसपाको आधिकतारिक उपेन्द्रले पाए
फाइल
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता अध्यक्ष उपेन्द्र यादवले पाएका छन्। निर्वाचन आयोगले सोमबार आधिकारिकता विवादमा फैसला गर्दै उपेन्द्रको पक्षमा फैसला गरेको हो।
आयोगका प्रमुख आयुक्त दिनेश थपलियाको संयोजकत्वमा पाँच सदस्यीय इजलासमा यो आधिकतारिकताको मुद्दामा सुनुवाई भएको थियो। सोमबार ५१ सदस्यीय कार्यकारिणी समितिका सदस्यहरुको सनाखत लिएपछि इजलासले फैसला सुनाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
आयोगको फैसलाको विस्तृत विवरण आउन बाँकी छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment