एनआरएनए एनसीसी स्पेनको अध्यक्षमा डुम्रे चयन
काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) स्पेनको अध्यक्षमा शालीकराम डुम्रे चयन भएका छन् । यदि जुलाई २६ मा भएको निर्वाचनबाट अध्यक्ष डुम्रेसहितको उनको पूरै प्यानल भारी मतले बिजयी भएको हो ।
त्यसैगरी, उपाध्यक्षमा सनु राउत, कृष्णराम रानाभाट, उपाध्यक्ष (क्षेत्र)मा रोशन पाठक, उपाध्यक्ष (महिला)मा सृजना लामिछाने, महासचिवमा विदुर गौतम, सचिवमा नारायण भट्टराई (एनके), अरूण घिमिरे, सचिव (म्याड्रिड क्षेत्र)मा सुन्दरी लामा, सचिव (ग्रान कानारिया क्षेत्र)मा दिप श्रेष्ठ, सचिव–(पाईस भास्को क्षेत्र)मा दिपेन्द्र अर्याल विजयी भएका छन् ।
त्यस्तै, कोषाध्यक्षमा सन्त बहादुर क्षेत्री, सहकोषाध्यक्षमा शिब प्रसाद पौडेल, युवा संयोजकमा मनुश जंग खड्का, महिला संयोजकमा देवी कुमारी भण्डारी, सदस्यहरुमा ईमा सापकोटा भट्ट, जमुना देवी शर्मा, प्रकाश पुरी, कमल पराजुली, दिल बहादुर थापा र आइसीसी सदस्यमा दिनेश गिरि, प्रकाश तिमल्सिना चयन भएका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment