कोरोनाले इराकमा पहिलो पटक नेपालीको मृत्यु, विदेशमा मृतकको संख्या ४८६

डिसी नेपाल
१७ साउन २०७८ ९:२४

काठमाडौं । कारोना भाइरस (कोभिड–१९)का कारण गत तीन सातामा विदेशमा थप ३९ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को स्वास्थ्य समितिका अनुसार मलेसियामा ३७ जना, इराक र युगान्डामा १–१ जना गरी ३९ जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

इराकमा यो पहिलो पटक कोरोनाका कारण नेपालीको ज्यान गएको हो । समितिले संकलन गरेको तथ्यांक अनुसार हालसम्म भारतसहित विश्वभर २९ मुलुकमा रहेका ४ सय ८६ जना नेपालीको कोरोनाका कारण निधन भएको छ ।

एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा १ लाख २७ हजार ९ सय ३४ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये १ लाख १७ हजार ५ सय २९ जना नेपाली कोरोनामुक्त भएका छन् ।

समितिका संयोजक डा.सन्जिव सापकोटाका अनुसार हालसम्म विदेशमा कोरोना संक्रमणबाट ९१ दशमलव ८६ प्रतिशत नेपाली संक्रमणमुक्त भएका छन् । एनआरएनएले विगत कोरोना भाइरसको महामारी सुरु भएदेखि विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, संघसंस्था र संघका शाखाद्वारा प्राप्त सूचनाका आधारमा तथ्याङ्क संकलन गर्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *