लागुऔषधसहित विभिन्न जिल्लाबाट नौ जना पक्राउ

डिसी नेपाल
३ कार्तिक २०८३ १४:०४

काठमाडौं।  नियमित गस्ती तथा सुरक्षा चेकिङमा खटिएको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित कुल नौ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ।

प्रहरी प्रधान कार्यालय, केन्द्रीय प्रहरी समाचार कक्षबाट प्राप्त आधिकारिक जानकारी अनुसार जुम्लाको तिला गाउँपालिका-३ कुडारी बजार क्षेत्रबाट तीन जना, झापाको बिर्तामोड नगरपालिका-२ त्रिशुली चोकबाट तीन जना, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१ ढोडेखालीबाट दुई जना तथा कञ्चनपुरको भीमदत्त नगरपालिका-११ बाट एक जना गरी ३ कात्तिकसम्म देशका विभिन्न स्थानबाट लागुऔषधसहित उनीहरू पक्राउ परेका हुन्।

पक्राउ परेका सबै व्यक्तिहरूमाथि सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरूले लागुऔषध नियन्त्रण ऐन अन्तर्गत आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *