बेवारिसे जनावरका सहारा कोइराला

फुर्पा शेर्पा
२४ साउन २०७८ ११:०६

काठमाडौं। अमेरिकामा विगत १८ वर्षदेखि बस्दै आएका नवनीत कोइराला एक सफल उद्यमी एवं समाजसेवी हुन्। उनले नेपालका गरिब तथा विपन्न वर्गका मानिसहरु र बेवारिसे कुकुरहरुलाई निःशुल्क खाने कुरा प्रदान गर्दै आएका छन्।

के फाउन्डेशन ग्लोबल इंकका संस्थापक अध्यक्ष हुन् नवनीत कोइराला। उनी कोइराला क्यापिटल एललसीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत समेत हुन्। साथै हार्वर्ड विश्वविद्यालयमा कर्पोरेट र पर्सनल फाइनान्स विषयमा अध्ययन गर्नुका साथै समाजिक कार्यमा समेत निरन्तर योगदान गर्दै आएका छन्। उनी वाल स्ट्रिटमा समेत कार्यरत छन्। जीवनमा जति सफल छन्, मनका पनि उतिनै धनी छन्।

‘उनले अमेरिकामा कमाएको धन फाउन्डेसनलाई दान र सहयोग गर्दै आएका छन्। डिसी नेपालसँगको कुराकानीमा उनले भने, ‘आज म जे छु, त्यो सब नेपाली जनता र सामाजले गर्दा भएको हो, त्यसैले म यसलाई आफ्नो जिम्मेवारीको रुपमा लिएको छु।’

कोभिड–१९ को संक्रमण रोकथामको लागि जारी गरेको निषेधाज्ञाका कारण पहिलो चरणमा होटेल, रेष्टुरेन्टहरु लगायत सम्पूर्ण व्यापार व्यावासाय बन्द भयो। जसको सबै भन्दा मार दैनिक ज्यालादारी गर्ने मजदुर र गरिब मानिसहरुले खेपे। महामारीसँग लड्नु परेको उक्त समयमा गरिब मानिसहरु र सडकका वेवारिसे कुकुरहरु खानाको लागि संघर्षरत थिए।

महामारीको उक्त समयमा के–फाउन्डेशनले त्यस्ता विपन्न मानिसहरु र कुकुरहरुलार्ई खाना खुवाउँदै आएका थिए। हालसम्म यो कार्य निरन्तर रुपमा अगाडि बढिरहेको कोइरालाले बताए। कोभिडबाट सुरक्षित रहनका लागि मानिसहरु

आ–आफ्नो घर, व्यापार, बजार र रेष्टुरेन्टहरु बन्द भएको बेला ज्यालादारी गर्ने मानिसहरु र जनावरहरु सबैभन्दा पिडित भएका थिए। उक्त समयमा दिनमा १५० भन्दा धेरै कुकुर र बाँदरहरुलाई खानेकुराको व्यवस्था उक्त फाउन्डेसनले गरेको थियो।

त्यति मात्र नभएर फाउन्डेसनले मेलम्ची र लमजुङ्मा बाढी पहिरोबाट प्रभावित मानिसहरुलाई पनि सहयोग प्रदान गरेको छ। कोइराला अगाडि भन्छन, ‘मानव हित, पशु कल्याण गर्नु हाम्रो फाउन्डेसनको एकमात्र उदेश्य हो।’ तर निकट भविष्यमा अन्य क्षेत्रहरुमा पनि बेवारिसे कुकुरहरुको आश्रय स्थल बनाउने र घाईते र बिरामी कुकुरहरुलाई उपचार प्रदान गर्ने उद्देश्य रहेको कोइरलाले बताए।

फ्लोरिडा, संयुक्त राज्य अमेरिकाको राज्यमा दर्ता भएको एक गैर नाफामुखी संगठन हो। यस संगठनको मुख्य उद्देश्य पशु कल्याण, दृष्टि हेरचाह, शिक्षा, र विश्वव्यापी विशेषाधिकार प्राप्त बच्चाहरु र परिवारहरुको लागि खेलकुद विकासमा सहयोग पुर्‍याउनु हो।

के फाउण्डेशनसँग सेवा भावले समर्पित नवनीत कोइराला, डा. पूजा कोइराला, सौरभ रिमाल, र प्रतिमा शेर्पा आवद्ध छन्। महामारी र महामारी पश्चात आवश्यक परेकाहरुको लागि सहयोग पुर्याउन फाउण्डेशन सदैव तत्पर रहेको उनले बताए।

यसका साथै टाइगर वुड्स फाउण्डेशन प्रयोगशालाको माध्यमबाट नेपालमा गरिब बाल बच्चाहरुलाई सहयोग गर्ने र भर्चुअल शिक्षा प्रदान गर्न जोडिने योजना बनाइरहेका बताए।

संस्थाद्वारा आवारा कुकुरहरुलाई खुवाउने र निकट भविष्यमा उनीहरुको लागि आश्रय स्थल निर्माण गर्न योजना कोइरालाले सुनाए। काठमाण्डौंमा मात्रै आवारा कुकुरहरुको बढ्दो संख्या करिव ३०,००० को हाराहारीमा छ। यो संख्या दिनदिनै बढ्दो क्रममा छ। यदि समयमा हामीले नियन्त्रण नगरेमा यसले धेरै समस्य सिर्जना गर्ने उनले बताए।

यो संस्थाका ब्रान्ड एम्बेसेडर प्रतिमा शेर्पा हुन। उनी सिधै टाइगर वुड्स फाउन्डेसनसंग जोडिएकोले पनि भर्चुअल शिक्षाको अनुभव नेपालका गरिब बच्चाहरुलाई एक ठाउँमा ल्याउन सकिन्छ भन्ने हो। यो कार्य भविष्यमा पनि निरन्तर पहल गर्नेछौ। विश्व अहिले डिजिटलकरणको दिशा तिर जाँदैछ तर ग्रामीण क्षेत्रमा नेपालका बालबालिकहरु निकै पछाडि हुनेछन् । शिक्षाको नयाँ संसारमा डिजिटलकरण र भर्चुअल शिक्षाको अनुभवलाई नेपालका गरिब बालबालिकाहरुलाई सशक्त बनाउन चाहेको उनले धारणा व्यक्त गरेका थिए।

यदि भर्चुएल माध्यामबाट शिक्षाको अनुभव बाड्न सकेन भने नेपालमा वञ्चित बच्चाहरुले कहिल्यै अवसर पाउनेवाला छैन। ति बच्चा प्रतिभाशाली विद्यार्थीहरु मध्ये एक हुन सक्छ तर प्रशिक्षण विना उनीहरुले विश्व भरका अन्य बालबालिकाहरुसँग सहकार्य गर्न सक्दैनन।

दीर्घकालीन दृष्टिकोण नेपालमा हरेक बच्चाहरु निजी वा पब्लिक स्कूलहरुमा पढ्नलाई समान शिक्षा प्रणालीको सशक्तिकरण दिलाउनु रहेको उनले बताए।

‘मलाई लाग्छ हाम्रो संगठनको पहलसँगै निजी र सामुदायिक विद्यालयहरुमा बालबालिकाहरुलाई समान शिक्षाको अवसर मिलोस,’ उनले भने, ‘म आशा गर्दछु हाम्रो नेपालको शिक्षा प्रणाली पनि पश्चिमी देशहरुमा जस्तै समान शिक्षाको अवसरहरु पछ्याउन शुरू गर्नेछ।’

नयाँ नेपाल बनाउन परिवर्तनको मुख्य श्रोत नै नयाँ पुस्ता हो र हरेक बच्चाहरुले समान अवसर पाउनु पर्छ भन्ने उनको विश्वास छ। लक्ष्य बिना सपनाहरु सधैं एक सपनाको रूपमा मात्रै रहन्छ। यो फाउन्डेसनले एक छोटो अवधिमा दीर्घकालीन चार लक्ष्य-पशु कल्याण, शिक्षा प्रणाली सशक्तिकरण, दृष्टि हेरचाह, र खेलको विकासको सशक्तिकरण हासिल गर्न निरन्तर अगाडि वढिरहेको कोइरालाले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *