विदेश जान सहज हुँदा राहदानी विभागमा भिड, स्वास्थ्य मापदण्डको उल्लंघन (फोटोफिचर)
काठमाडौं। विभिन्न देशहरुले निर्धारित मापदण्ड पूरा गरेका विदेशी नागरिकलाई आवागमन खुला गरेसँगै राहदानी बनाउनेहरुको भिड बढेको छ । राहदानी विभागमा पछिल्लो समय ठूलो संख्यामा राहदानी बनाउनेहरु आउन थालेका छन् । विभागमा आउनेमध्ये अधिकांश युवा छन् र उनीहरुमध्ये धेरैजसोले वैदेशिक रोजगारीका लागि जानको लागि राहदानी बनाउन आएको बताएका छन् ।
विदेश भ्रमण, अध्ययन तथा रोजगारीमा जाने क्रम बढेसँगै राहदानी बनाउनेको संख्या बढेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण वैदेशिक भ्रमण तथा रोजगारीमा जाने कम भएका कारण महामारीको झन्डै एक वर्ष राहदानी बनाउनेको संख्या घटेको थियो तर कोरोना भाइरस संक्रमण कम हुन थालेपछि राहदानी बनाउनेको संख्या ह्वात्तै बढेको छ ।
महामारीका कारण विभिन्न स्वास्थ्य मापदण्ड अपनाउन भनिए पनि राहदानी विभागमा भने निर्धारित मापदण्ड पालना भएको देखिएन । सेवाग्र्राहीको चाप बढेसँगै यहाँ भिडभाड पनि अत्याधिक बढेको छ । विभागका अनुसार महामारीको १ वर्षको अवधिमा राहदानी बनाउनेहरु घटेका थिए । अहिले फेरि राहदानी बनाउनेको दैनिक संख्या पुरानै अवस्थामा फर्किन थालेको छ । विभागमा अहिले राहदानी बनाउनेसँगै राहदानी नवीकरण गर्नेको संख्या पनि धेरै हुने गरेको छ ।
















No ads found for this position


Facebook Comment