माधव नेपाल समूह विभाजित

डिसी नेपाल
२ भदौ २०७८ १६:११
8.1k
Shares

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले नयाँ दल दर्ताको तयारी गरिरहेको छ। यसले पार्टीको नाम र चुनाव चिन्हसमेत तय गरिसकेको छ।

नेता नेपालले एमाले विभाजन गरेर नयाँ दल दर्ता गरेसँगै नेपाल समूह पनि विभाजित बनेको छ। यसअघि नेता नेपाललाई साथ दिँदै आएका स्यायी कमिटीका अधिकांश सदस्यले उनको साथ छोडेका छन्।

पार्टीको नवौं महाधिवेशनदेखि नै नेपाललाई साथ दिँदै आएका नेताहरुले पार्टी विभाजन गर्ने नेपालको कदमलाई साथ नदिएका हुन्। हाल नेपाललाई स्थायी कमिटी सदस्यद्वय बेदुराम भुसाल र मुकुन्द न्यौपानेले मात्रै साथ दिएका छन्।

स्थायी कमिटी सदस्यहरु भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, आचार्य, सुरेन्द्र पाण्डे रघुजी पन्त र अमृत बोहोराले नेपालको साथ छोडेका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *