जसपा नेपाल (लोकतान्त्रिक) दर्ताका लागि ठाकुर समूहद्वारा निर्वाचन आयोगमा निवदेन
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर समूहले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन दिएका छन् ।
सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएलगत्तै ठाकुर पक्षका नेताहरु जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) नाममा नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका हुन् ।
जसपा आधिकारिता उपेन्द्र यादव पक्षले पाएपछि दलविहीन बनेका ठाकुर समूहको नयाँ दलको अध्यक्षमा महन्थ ठाकुर रहनेछन् भने राजेन्द्र महतो वरिष्ठ नेता रहनेछन् । उनीहरुसहित २४ सदस्यीय कार्यकारिणी समिति र चुनाव चिह्नमा साइकल प्रस्ताव गरिएको ठाकुर समूहका नेता डा. सुरेन्द्र झाले बताए ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment