बागमतीका निवर्तमान मुख्यमन्त्री पौडेल निजी निवासमा फर्किए
फाइल
हेटाैंडा। बागमती प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल सरकारी निवास छाडेर निजी निवास फर्किएका छन्। मुख्यमन्त्री कार्यालय छाडेर पौडेल हेटौँडा नवलपुरस्थित निजी निवासमा फर्किएका हुन्।
बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएका पौडेलले बिहीबार सरकारी निवास छाडेका हुन्। उनले अबको बाँकी समय जनताको हितमा काम गर्ने बताए।
उनले राजीनामा दिएसँगै प्रदेशसभाको ठूलो दल नेकपा (एमाले) संसदीय दलका नेता अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेकी छन्। शाक्य बुधबार नै एमाले संसदीय दलको नेता चयन भएकी थिइन्।
भदौ ७ गते प्रदेशभर सार्वजनिक बिदा
गाईजात्रा पर्वका अवसरमा बागमती प्रदेश सरकारले यही भदौ ७ गते प्रदेशभर सार्वजनिक बिदा दिएको जनाएको छ। प्रदेशमा प्रमुख पर्वका रूपमा मनाइने भएकाले प्रदेशभर सार्वजनिक बिदा घोषणा गर्ने मन्त्रिपरिषद्बाट निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ। रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment