नेपाली युवाको शवमाथि एनआरएनए अमेरिकाको राजनीति

डिसी नेपाल
५ भदौ २०७८ ८:१५

वासिंगटन डिसी। अमेरिकाको विसकन्सिनमा अचानक मृत्यु भएका एकजना नेपाली युवाको शव नेपाल पठाउन गैरआवासीय नेपाली संघ अमेरिकाले एक दिन टिकट नै रद्ध गरिदिएको खुलेको छ।

नेपालमा मृतक युवाका अभिभावकहरु आफ्नो एकमात्र सन्तानको शोकमा रहेको र अन्तिम संस्कार गरेर धार्मिक सांस्कृतिक दायित्वसमेत पूरा गर्न रातोदिन कुरेर बसेको अवस्थामा श्रद्धाञ्जली सभाका लागि टिकट नै रद्ध गरिएको थियो। एनआरएनएले सभा गर्‍याे भन्ने विज्ञप्ति र प्रचारका लागि तय भइसकेको उडान सार्नुले शवमाथि एनआरएनएले राजनीति गर्न खोजेको देखिएको छ।

विसकन्सिनको एउटा स्टोरमा कार्यरत रहेकै अवस्थामा बेहोस भएर ढली अस्पताल पुर्याएका काठमाडौं दक्षिणकाली घर भएका २२ वर्यीय युवा श्रृजन कुंबरको शव नेपाल पठाउन अगष्ट १७ तारिकको टिकट तय भएको थियो।

भ्याली फ्युनरल होम, एप्पलटनले कतार एयरवेजमार्फट अमेरिकाको शिकागो शहरबाट उड्ने गरी १७ तारिकको टिकट तय गरेको भए पनि गैरआवासीय नेपाली संघले श्रद्धाञ्जली कार्यक्रम गर्नका लागि टिकट रद्ध गरेर अर्को दिन सार्न लगाएको थियो।

डेलिगेट ह्यारी भण्डारीले व्यवस्था गरिदिएको फ्युनरल होमले १० दिनसम्म शव राखेको रकम नलिने व्यवस्था गरिदियो। र, उनले नै कागजपत्रहरु बनाएर कतार एयरमा १७ तारिकका लागि नेपाल पठाउन टिकट बुक गर्‍याे। यसैबीचमा अचानक एनआरएनएले श्रद्धाञ्जलि सभा गर्ने कार्यक्रम तय गर्‍याे। यत्रो दिनसम्म फ्युनरल होममा शब राख्दा सभा गर्नु नपरेका नेताहरुले शव नेपाल पठाउने तय भएकै दिन टिकट रार्न लगाएर कार्यक्रम गर्ने भने।

एनआरएनए अमेरिकाका अध्यक्ष र केही पदाधिकारी उपस्थित भएर फूलमाला लगाई श्रद्धाञ्जली कार्यक्रम गरी फोटोहरु समेत खिचाएर एनआरएनए अमेरिकाले विज्ञप्तिसमेत जारी गरेको थियो।

प्रबक्ता तोया दाहालले जारी गरेको विज्ञप्तिमा नेपालस्थित अमेरिकी दूतावासले मृतक कुँबरका अभिभावकलाई अमेरिका आउन भिसा नदिएकाले गोफण्ड खोलेर रकम संकलन गरी उनको शबलाई नेपाल पठाउन एनआरएनए सफल भएको विवरण उल्लेख गरिएको थियो।

भएको चाहिँ यस्तो थियो

डिभी परेर सन् २०१९ मा अमेरिका आएका दक्षिणकालीका श्रृजन कुँवर विसकन्सिनमा बस्दै आएका थिए। उनी नेपालीको स्टोरमा कार्यरत पनि थिए। जुलाई २८ तारिकका दिन उनी स्टोरमा कार्यरत रहकै अवस्थामा फोनमा कुराकानी गर्दागर्दै अकस्मात् भूईंमा लडेका थिए।

पसलमा आएका ग्राहकले तत्कालै प्रहरीलाई खवर गरी एम्बुलेन्समा राखेर उनलाई अस्पताल लगिएको थियो। उनको फोनसमेत अनुसन्धानका लागि प्रहरीले नै लगेकाले फोनमा कोसँग उनको कुरा हुँदै थियो भन्नेबारे भने नेपाली समुदायलाई जानकारी हुन सकेको छैन।

व्यक्तिगत कुराहरु आधिकारिक व्यक्ति आफन्तवाहेक व्यक्तिगत गोप्यताका कारण प्रहरीले शेयर नगर्ने भएकाले यसबारे थप जानकारी आउन नसकेको हो।

उनलाई शुरुमा विएभर दम अस्पताल लगिएकोमा त्यहाँ उनको उपचार हुन नसक्ने भएपछि उनलाई युडब्लु माडिसन अस्पताल पठाइएको थियो। उनलाई बचाउन हरसम्भव प्रयास गरे पनि सम्भव नभएपछि सो अस्पतालमा उनी जुन २८ तारिकमा मृत घोषित गरिएका थिए।

उनलाई बचाउन सम्भव नभएपछि उनको परिवार, आफन्तलाई बज्रपात परेकै थियो उनलाई नजिकबाट चिन्ने जान्ने नेपाली समुदाय पनि शोकमग्न भए। उनको अन्त्येष्टि कसरी गर्ने भन्ने कुरामा नेपालमा अभिभावकसंग कुरा गर्ने र सकेसम्म उहांहरुलाई अमेरिका नै बोलाएर यतै अन्तेष्टिको प्रयास गरिएको थियो।

भिसाका लागि नेपालस्थित अमेरिकी दूतावासमा निवेदन दिए पनि दूतावासले भिसा दिन अस्वीकार गरिदियो। त्यसपछि परिवारको इच्छाअनुरुप नै उनको शवलाई नेपाल पठाउने काम शुरु भएको थियो। यसका लागि नेपालको परराष्ट्र मन्त्रालयबाट स्वीकृतिपत्र लिनु पर्ने भयो। तत्काल पत्र बनाउनका लागि गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा.बद्रि केसीले सहयोग गरेका थिए।

उनले परराष्ट्रमा कुरा गरी त्यहाँबाट पत्र पठाइदिएपछि अमेरिकास्थित नेपाली दूतावासका अधिकारीहरु उत्तम घिमिरे र होमकान्त भण्डारीले अमेरिकाको प्रक्रिया पूरा गर्न तत्काल नै मद्दत गरे।

नेपाल शव पठाउन फ्युनरल होमबाट प्रक्रिया पूरा गर्नुपर्ने र त्यस्तो फ्युनरल होममा लग्दा धेरै खर्च लाग्ने भएकाले के गर्ने भन्ने समस्या परिरहेका बेला मेरिल्याण्ड राज्यसभामा निर्वाचित नेपाली मूलका डेलिगेट ह्यारी भण्डारीले ठूलो मद्दत गरे। उनले फ्युनरल होम पत्ता लगाएर कुराकानीमात्र गरिदिएनन् शब नेपाल पठाउन सो होमका तर्फबाट कागजी प्रक्रिया शुरु गर्ने काममा पनि ठूलो मद्दत पुर्‍याए।

एनआरएनए विसकन्सिन च्याप्टरले गोफण्ड खोलिदियो। सामाजिक संस्थाले गो फण्ड खोलिदिंदा नेपालमा अभिभावकलाई खर्च पठाउन सजिलो पर्ने भएकाले एनआरएनए स्थानीय च्याप्टरको तर्फबाट खोजिएको गो फण्डले मद्दत गरेका थियो। तर, एनआरएनएका सबै नेता र केन्द्रमा उम्मेदारी घोषणा गर्ने व्यापारीहरुले खासै सहयोग गरेनन्।

सर्वसाधारण नेपालीहरु र एनआरएनए अमेरिकामा अध्यक्ष बुद्धि सुवेदीसमेतको सहयोगमा २५ हजार डलर उठाउन सम्भव भएको थियो। नेपाली दूतावाससंगको समन्वयमा विसकन्सिन निवासी स्थानीय व्यवसायी रघु विष्ट र ओहायो निवासी डा.दामोदर पौडेलले समेत उल्लेख्य भूमिका खेलेका थिए। मृतक कुंबर व्यवसायी विष्टकै स्टोरमा काम गर्ने गर्दथे।

समाचारअनुसार, डेलिगेट ह्यारी भण्डारीले व्यवस्था गरिदिएको फ्युनरल होमले १० दिनसम्म शव राखेको रकम नलिने व्यवस्था गरिदियो। र, उनले नै कागजपत्रहरु बनाएर कतार एयरमा १७ तारिकका लागि नेपाल पठाउन टिकट बुक गर्‍याे।

यसैबीचमा अचानक एनआरएनएले श्रद्धाञ्जलि सभा गर्ने कार्यक्रम तय गर्‍याे। यत्रो दिनसम्म फ्युनरल होममा शब राख्दा सभा गर्नु नपरेका नेताहरुले शव नेपाल पठाउने तय भएकै दिन टिकट रार्न लगाएर कार्यक्रम गर्ने भने।

उनीहरुले १७ तारिकमै कार्यक्रम गर्ने भनेर फ्युनरल होमलाई १८ तरिकमा टिकट सार्न भनियो। यही कारण १८ तारिकमा टिकटको व्यबस्था गर्नुपरेको थियो। मृतक कुँवरको शव अगष्ट २० तारिक शुक्रबार नेपाल पुगेको र त्यसै साँझ परम्पराअनुसार पशुपति आर्घघाटमा उनको अन्त्येष्टि गरिएको बुझिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *