तेस्रो धार भनिएका नेताहरु एमालेमै रहने, मंगलबार स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । नेकपा एमाले विवादमा तेस्रो धार भनिएका नेताहरु र अध्यक्ष ओलीबीच एमालेमै रहने सहमति भएको छ। ओली निवास बालकोटमा तेस्रो धार भनिएका नेताहरुसँग ओलीले छलफल गरेका थिए।
आजको बसाइ सकारात्मक रहेको र मंगलबार स्थायी कमिटी बैठमा छुटेका विषयमाथि छलफल हुने नेता योगेश भट्टराईले जानकारी दिए। उनका अनुसार मंगलबारको बैठकपछि तेस्रो धार भनिएका नेताहरु एमालेमै बस्ने छन्।
नेकपा एमालेमा माधवकुमार नेपालसँग लागेका भीम रावल, योगेश भट्टराई, गोकर्ण विष्ट, घनश्याम भुसाललगायतका नेताहरु तेस्रो धारमा छन्। माधव कुमार नेपालले नयाँ पार्टी गठन गरेपछि उनीबाट अलग भएका उनीहरुलाई तेस्रो धार भन्न थालिएको हो।
गत फागुनमा सर्वोच्च अदालतले नेकपालाई अवैधानिक भन्दै पूर्व माओवादी र एमालेलाई अलग अलग गराएपछि मिल्न नसकेको नेकपा एमाले अन्ततः फुटेको छ। माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि निर्वाचन अयोगमा निवेदन दिएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment