एमाले महाधिवेशन मंसिर १० देखि १२ मा हुने, विभाजनमा गएकालाई मूलघर फर्कन आह्वान
काठमाडौं । नेकपा एमालेले आगामी मंसिर १० देखि १२ गतेसम्म पार्टीको १० औं महाधिवेशन गर्ने निर्णय गरेको छ । माधव नेपालको साथ छोडेका दोस्रो तहका नेताहरूको माग बमोजिम ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेकाे स्थायी कमिटीको बैठकले मंसिर १० देखि १२ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।
यस्तै एमालेले विधान अधिवेशन असोज ४, ५ र ६ गते गर्नेछ । बैठकले भदौ १६ देखि २० गतेसम्म जिल्ला र जनसंगठनहरुको भेला गर्ने पनि एमालेले निर्णय गरेको छ । त्यसअघि १० भदौमा केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।
बैठकले पार्टी विवाद मिलाउन गठन भएको कार्यदलमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ । जसअनुसार पार्टी संरचना २०७५ साल २ जेठ गते अगाडिको अवस्थामा क्रियाशील हुने ज्ञवालीको भनाइ छ ।
बैठकले एमालेले पार्टी विभाजनमा गएका माधव नेपाल लगायतका नेताहरूलाई ‘मूलघर’मा फर्किन आह्वान गरेको छ । ज्ञवालीले भने,‘विभाजनका सबै गतिविधि परित्याग गरेर आउनेलाई कुनै कारबाही र भेदभाव राखिने छैन ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment