माधव नेपाल र महन्थ ठाकुरको दल दर्ता आज

डिसी नेपाल
९ भदौ २०७८ ६:२४
148
Shares

काठमाडौं। निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरको दल आज दर्ता गर्ने तयारी गरेको छ। नयाँ दल दर्ताका लागि निवेदन दिएका नेपालको दल ‘नेकपा एकीकृत समाजवादी’ र ठाकुरको दल ‘लोकतान्त्रिक समाजवादी पार्टी’लाई आवश्यक प्रक्रिया पुर्‍याएर आयोगले बुधबार नै दर्ता गर्ने तयारी गरेको हो।

आयोगले सनाखतसहित आवश्यक सबै प्रक्रिया आजै पुर्‍याउने र दल दर्ताको निर्णय गर्ने भएको हो। आयोगले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिँदा नाम समावेश गरेका पदाधिकारी र केन्द्रीय सदस्य तथा सांसदहरूलाई बुधबार ११ बजेबाट २ बजेसम्म सनाखतका लागि बोलाइएको जनाएको छ।

आयोगले नयाँ दल दर्ताको प्रक्रियामा आवश्यक पर्ने कानुनी व्यवस्थाअनुसार दुवै दलकातर्फबाट दल दर्ताका लागि निवेदन दिँदा पक्षमा रहेर हस्ताक्षरसहित नाम बुझाएका केन्द्रीय सदस्य र सांसदलाई सनाखतमा हाजिर हुन भनेको हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.