यस्तो छ देशभर मौसमको अवस्था, सतर्क रहन आग्रह

डिसी नेपाल
९ भदौ २०७८ ६:५२
212
Shares

काठमाडौं । देशभर मनसुनी प्रभाव कायम रहेका कारण सतर्क रहन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। आफ्नो दैनिक बुलेटिनमार्फत महाशाखाले सबैलाई सचेत रहन आग्रह गरेको हो।

पूर्वानुमान महाशाखाद्वारा जारी बुलेटिनमा भनिएको छ, ‘प्रदेश १, २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुँदा नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।’

महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ।

अहिले नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भूभागको केही नजिक रहेको छ।

आज दिउसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.