पौडेल समूहको निष्कर्ष : निर्वाचन समितिलाई बुझाउनु पूर्व क्रियाशील सदस्यताको सूची हेर्न पाउनु पर्छ

डिसी नेपाल
९ भदौ २०७८ ११:३१

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले निर्वाचन समितिलाई बुझाउन अघि क्रियाशील सदस्यताको सूची आफूहरुले हेर्न पाउनुपर्ने बताएको छ। बुधबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा वसेको पौडेल समूहको बैठकले क्रियाशील सदस्यको सूची निर्वाचन समितिलाई बुझाउन अघि आफूहरुले हेर्न पाउनु पर्ने माग गरेको हो।

‘विशेषगरी क्रियाशील सदस्यता विवादका विषयमा बढी छलफल भयो,’ महामन्त्री डा. शशांक कोइराला निकट स्रोतले डिसी नेपालसँग भन्यो, ‘अहिले डिजिटलाइजको व्यवस्था गरिएको छ। यस्तो अवस्थामा पुराना सदस्यको नाम काटेर नयाँको नाम थप गरेको पनि हुन सक्छ। त्यसकारण निर्वाचन समितिलाई बुझाउनु पूर्व क्रियाशील सदस्यताको सूची हामीले हेर्न पाउनुपर्छ।’

कांग्रेसमा क्रियाशील सदस्ता छानविन समितिले टुंग्याउन बाँकी रहेका विषयमा सैद्धान्तिक सहमति जुटाउँदै पूर्वममहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाएका थिए।

कांग्रेसका १ सयभन्दा बढी वडामा नवीकरण, नयाँ र समायोजनका सदस्यताबारे विवाद रहेको छ। ती सबै विवाद सैद्धान्तिक सहमति र नयाँ मापदण्डका आधारमा समाधान हुने सहमति भएको थियो ।

पाैडले समूहकाे बैठकमा  वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाललगायत उपस्थित थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *