फुटपछिको एमाले बैठक : कति औं भन्नेमा मौन

डिसी नेपाल
१० भदौ २०७८ १३:४७
340
Shares

काठमाडौं। औपचारिक रूपमा विभाजन भएको भोलिपल्ट बसेको एमालेको केन्द्रीय कमिटी बैठक कति औं बैठक हो भन्ने विषयमा मौन बसेकोे छ। तत्कालीन नेकपा माओवादी केन्द्रसँग ३ जेठ २०७५ मा भएको एकता अनुमोदन गर्न एमालेको नवौं केन्द्रीय कमिटी बैठक बसेको थियो।

सर्वोच्च अदालतले गत २८ असारमा एकीकृत भएर बनेको नेकपालाई आधिकारिकता दिन इन्कार गर्दै एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काएपछि एमालेले १०औं केन्द्रीय कमिटी बैठक डाकेको थियो।

असन्तुष्ट बनेका वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल समूहबिनै एमालेले यसअघि १८ असारमा १३औं केन्द्रीय कमिटी बैठक बसेको थियो। असन्तुष्ट भनिएका उपाध्यक्ष वामदेव गौतमसमेत सहभागी सो बैठकलाई १०औं बैठक मान्ने सहमति भए पनि बैठकको ब्यानरमा १३औं उल्लेख थियो।

ओली पक्षधर नेताहरूले नेपाल समूहका नेतासँग ३ जेठको अवस्थाबाट बैठक डाक्ने सहमति गरेका थिए । सो सहमतिअनुसार १०औं बैठक हुनुपर्ने थियो । तर एमालेले त्यो बैठकलाई १३औं भनेको थियो।

अनेकौं विवादपछि माधव नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरे। नेपालसँग एकता वार्ताका क्रममा १० बुँदे सहमति भयो। तर सो सहमतिलाई नेपालले मानेनन्। नेपाल समूहको तर्फवाट वार्तामा सहभागी नेता भीम रावललगायतका नेताहरू र ओलीबीच १० बुँदे कार्यान्वयन गर्ने र ३ जेठको अवस्थाबाट पार्टीलाई अघि बढाउने सहमति भयो।

सोही सहमतिअनुसार विगतमा नेपाल पक्षमा खुलेका नौजना स्थायी कमिटी सदस्य हिजोको स्थायी कमिटी बैठकमा सहभागी भए । १० बुँदे सहमतिअनुसार स्थायी कमिटी बैठकले गरेका निर्णय अनुमोदन गर्न आज बसेको केन्द्रीय कमिटी बैठक १०औं हुनुपर्ने हो। तर तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकको ब्यानरमा भने केन्द्रीय कमिटीको कति औं बैठक भनेर केही खुलाइएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.