माधव नेपालविरुद्ध भीम रावलको कडा प्रतिक्रिया

डिसी नेपाल
१० भदौ २०७८ २१:५१

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले १० बुँदे सहमतिको आधार मान्नेलाई दक्षिणपन्थी देख्नु उदेक लाग्दो कुरा भएको प्रतिक्रिया दिएका छन्। एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै रावलले ट्वीटमार्फत दक्षिणपन्थी पूँजीवादी नेपाली कांग्रेससँग सहकार्य गरी पदमा जान खोज्नेले दक्षिणपन्थी देख्नु उदेक लाग्दो कुरा भएको बताएका हुन्।

उनले लेखेका छन्, ‘दक्षिणपन्थी पूँजीवादी नेकांसँग सहकार्य गरी पदमा जान खोज्नेहरूले नेकपा ९एमाले० लाई १० बुँदे सहमतिको आधारमा एक हुनुपर्छ भन्नेहरूलाई दक्षिणपन्थी देख्नु उदेक लाग्दो कुरा हो। अझ यही पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेर एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक हो ।’

विगतमा माधव नेपालनिकट रहेका तर पार्टी विभाजनमा नगएका भीम रावलसहित एमालेका ‘तेस्रो धार’ का नेताहरु मंगलबार च्यासलमा बसेको स्थायी कमिटी बैठकमा सहभागी भएर एकताको सन्देश दिएका छन् । पार्टीभित्रको आन्तरिक समस्या समाधानका लागि गत असार २७ गते कार्यदलस्तरमा भएको १० बुँदे सहमतिलाई कार्यान्वयनको ठोस आधार तय गर्दै पार्टीलाई नेकपा (माओवादी केन्द्र) सँगको एकतापूर्वको साङ्गठनिक संरचनाका आधारमा सञ्चालन गर्न एमालेका नेताहरु सहमत भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *