‘पहिलो रोजाई थिएनन् शाहरुख र सलमान’

डिसी नेपाल
११ भदौ २०७८ १०:३९
4.1k
Shares

मुम्बइ। केही फिल्ममा काम नगरेकोमा कलाकारलाई पछुतो लाग्ने गर्छ। किनकी त्यो फिल्मपछी ‘ब्लकबष्टर’ हुन्छ। आउनुस् , यस्तै एक फिल्मको बारेमा कुरा गरौँ । हामी कुरा गर्दैछौ सन् १९९५ मा रिलिज भएको बलिउडको फिल्म ‘करण अर्जुन’ को बारेमा।

वर्षको सुरुवातकै महिना जनवरीको दोस्रो साता रिलिज भएको फिल्ममा शाहरुख खान , सलमान खान , काजोल र ममता कुल्कर्नी लगायतको अभिनय रहेको थियो। यद्दपी यसबाट शाहरुख र सलमानको जोडीको निकै प्रसंसा भयो । फिल्मले पाएको सफलता पनि लोभलाग्दो नै रह्यो । आज पनि फिल्मको चर्चा विभिन्न इभेन्टमा हुने गरेको छ।

तर, राकेश रोशन निर्देशित फिल्ममा सलमान र शाहरुख भने पहिलो रोजाई थिएनन्। उनले प्रोजेक्ट सुरु गर्ने समयमा पहिलो अप्रोच सनी देओल र बबी देओललाई गरेका थिए। निर्देशक राकेश चाहन्थे कि फिल्मको कथालाई दर्शकले रिलेट गरुन्।

उनी बलिउडका लिजेन्ड धर्मेन्द्रको दुइ छोरालाई पर्दामा उतारेर दर्शकसँग भावनात्मक सम्बन्ध गास्न चाहन्थे । तर , यी दुइ भाइले फिल्म गर्न मानेनन् । र , निर्देशक राकेशको बलिउडका असली दुइ भाइलाई पर्दामा देखाउने सपना पुरा भएन।

त्यसपछि उनले यो अफर अजय देवगनलाई गरे। उनी अजयको एक्सनसँग प्रभावित थिए । त्यसैले उनले अजयलाई फिल्ममा काम गर्न प्रस्ताव गरे । तर , अजयले पनि अन्य व्यस्तता देखाउदै अफर एसेप्ट गरेनन्।

फलत प्रोजेक्ट सलमान र शाहरुखको हातमा पुग्यो। यी दुइको जोडीले फिल्म रिलिजपछी प्रसस्तै तारिफ पाए । फिल्मले उक्त समयमा ५३ करोडको व्यापार बक्स अफिसमा गर्न सफल भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.