अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरी स्वरुप परिवर्तन हुँदै (फोटोफिचर)

फुर्पा शेर्पा
११ भदौ २०७८ १४:३८

काठमाडौँ। नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वरुप परिवर्तनको काम अन्तिम चरणमा पुगेको छ। केही महिनापछि अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरी स्वरुपको रुप नयाँ हुने छ।

सरकारले अन्तर्राष्ट्रिय विमानस्थललाई अघिल्लो वर्ष वैशाख १ गते बुटिक विमानस्थलको रुपमा घोषणा गर्ने तयारी थियो। तर कोरोना महामारीका कारण त्यो पूरा हुन सकेन।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार अहिले महामारीकैबीच बुटिक विमानस्थलको बाहिरी स्वरुप परिवर्तनका लागि धमाधम कामहरु भइरहेको छ। उनले हाल आवश्यक संरचना निर्माण, साजसज्जा तथा सौन्दर्यकरणका काम जारी रहेको जनाए। तिवारीले विमानस्थलको बुटिक अवधारणा अनुरुप काम अघि बढाइनुका साथै क्षमता विस्तारको काम चलिरहेको बताए। ‘

टर्मिनलमा फ्लोरिङको काम परिवर्तन भइसकेको छ, अब हामी वास्तविक बुटिक एयरपोर्टको स्वरुप परिवर्तन गर्ने गरी अघि बढेका छौँ, सरसफाइको स्तर, यात्रुलाई दिने सुविधा र सुरक्षाको प्रत्याभूति हुनेगरी सेवालाई स्तरीकरण गर्ने क्रममा छौ’, उनले भने ।

अन्तर्राष्ट्रिय टर्मिनल भवन बाहिर छानो राख्ने ‘क्यानोपी’ को काम करिब अन्तिम चरणमा पुगेको छ। यात्रु प्रस्थान कक्षमा सुविधा सम्पन्न हल तथा यात्रुको लगेज छिटोछरितो बनाउन ‘कन्भेयर बेल्ट’ थपिएको छ। पहिला चार वटा रहेकामा हाल थप दुई वटा गरी छ वटा बनाइएको तिवारीले जानकारी दिए।

अन्तर्राष्ट्रिय टर्मिनल अगाडि आकर्षक पानीको फोहरा (वाटर फाउनटेन) बनाउने काम पनि अन्तिम चरणमा रहेको र अबको दुई तीन महिनामा काम सकिने उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *