देउवालाई टक्कर दिँदै अगाडि बढे निधि

सम्भव सिंह ठकुरी
११ भदौ २०७८ १६:३६

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन मंसिरमा हुने कार्यतालिका सार्वजानिक भएसँगै नेतृत्वको रस्साकस्सी बढ्न थालेको छ।

संस्थापन पक्षबाट वर्तमान सभापति शेरबहादुर देउवा नै पुनःनेतृत्वको लागि दाबी गरिसकेका छन्। तर उनलाई लामो समयदेखि साथ दिएका उपसभापति बिमलेन्द्र निधिपनि सभापतिको लागि अगाडि बढेका छन्।

निधिले आज नयाँ बानेश्वरमा भव्य कार्यक्रमबीच आफूलाई १४ औँ महाधिवेशनमा सभापतिको उमेरद्धार घोषणा सहित सम्पर्क कार्यलयको शुभराम्भ गरेका छन्। सोमबार दिउँसो २ बजेबाट मंसिरमा हुने महाधिवेशन नसकिएसम्म बानेश्वर वैंकेटमा हरेक दिन निधिलाई भेट्न सकिन्छ ।

वैंकेटको हलभित्र प्राथमिक उपचार केन्द्र देखि सात वटै प्रदेशका नेता कार्यकर्तालाई भेट्नका लागी छुट्टा छुट्टै हलको व्यवस्था गरिएको छ।

हिन्दुधर्मको परम्परा अनुसार उनले पुरोहित पढाएर शुक्रबार बिहान ९ बजेको शुभ साईतमा पूजाआजा गरेर सम्पर्क कार्यलय खोलेका छन्। पहेँलो वस्त्र रुद्राक्षको माला पहिरिएर सयौँ कार्यकर्ताको नारा जुलुसका साथ कार्यक्रममा उपस्थित भएका निधिले आफूलाई विभिन्न मन्दिरको पूजारी, बावाजीहरुले आर्शिवाद दिएको र लाखौँ कार्यकर्ताको मनोविज्ञानमा आफू सभापतिमा उमेद्धार हुनुपर्ने दबाव आएको दाबी गरेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘मेरो सभापतिको उमेद्धारको प्रमुख एजेण्डा भनेको आगामी निर्वाचनमा कांग्रेसको रुख चिन्हमा जनताको अभिमत खसाउन सक्ने सामथ्र्य राख्ने हो । र लामो संघर्ष पश्चात आएको संघीय लोकतान्त्रिक व्यवस्थालाई अझ मजबुद पार्ने हो ।’

कांग्रेस संस्थापक नेता महेन्द्र नारायण निधिको लिगेसीको आधारमा मात्र आफ्नो उमेद्धारी नभएको उनको तर्क छ। बुवाको प्रेरणाले स्वभाविकरुपमा नेपालको लोकतान्त्रिक आन्दोलन समर्पित हुने र राजनीतिमा आकर्षण हुनेकाम भएपनि १४ वर्षको कलिलो उमेरमा पञ्चायत बिरोधी आन्दोलनमा जेलनेल भोग्दै विद्यार्थी आन्दोलनको कठोर संघर्षबाट नै आफू राजनीतिमा उदाएको धारणा ब्यक्त गरेका छन्।

कार्यक्रमको सुरुमै संवोधन गरेका प्राध्यापक विश्लेषक पुरुषोत्तम दहाललेपनि निधि सडक र विद्यार्थी आन्दोलनबाट नै उदाएका परिपक्प नेता भएकाले १४ औँ महाधिवेशनमा कांग्रेसलाई एक ढिक्का राख्न सक्ने क्षमतावान नेता भएकाले उनलाई नै विजयी गराउन महाधिवेशन प्रतिनिधिहरुलाई आव्हान गरे।

निधिले राखेको कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी, नुवाकोट जिल्ला सभापति जगदिश्वरनर सिंह केसी, धादिङ जिल्ला सभापति रमेश धमला, डढेल्धुराका सभापति कर्ण मल्ल, काभ्रेपलान्चोकका सभापति मधु आचार्य, धनुषाका सभापति शिव शंकर गिरी, पर्साका सभापति अजय द्धिवेदी बरिष्ठ पत्रकार किशोर नेपाल लगाएतका जिल्ला सभापति र प्रदेश सांसदहरुको उपस्थिती रहेको थियो।

उपस्थित सबै नेतागणहरुले पूस्तान्तरण र कांग्रेस रुपान्तरणको लागी निधिको उमेद्धारीको लागि शुभकामना व्यक्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *