मुलुकभर मनसुन सक्रिय, यी प्रदेशमा भारी र धेरै भारी वर्षाकाे सम्भावना

डिसी नेपाल
१२ भदौ २०७८ ७:०८
1.0k
Shares

काठमाडाै। मनसुनी वायुका कारण नेपालमा केही दिन यता लगातार वर्षा भइरहेकाे छ। मनसुनको न्युन चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेकाले वर्षा भइरहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ।

शनिबार बिहान सातवटै प्रदेशका केही- केही स्थानमा वर्षा भइरहेको छ। शनिबार दिउँसो धेरै स्थानमा वर्षाको सम्भावना छ। प्रदेश १, २, बागमती र सुदूरपश्चिमका थोरै स्थानमा भारी/धेरै भारी र बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

राति प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। आइतबार प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारी/धेरै भारी वर्षाकाे आँकलन गरिएकाे छ। राति मुलुकका धेरै स्थानमा वर्षाको सम्भावना छ।

साेमबार दिउँसाे प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका प्रदेशका एक-दुई स्थानमा भारी/धेरै भारी सम्भावना छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.