महाधिवेशनबाट नयाँ उर्जा : प्रवक्ता शर्मा

डिसी नेपाल
१२ भदौ २०७८ २२:३९

दमक । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले महाधिवेशनबाट आगामी निर्वाचन जित्ने गरी नयाँ ऊर्जा लिएर आउनुपर्ने धारणा व्यक्त गरेका छन् । नेपाली काँग्रेस दमक नगर समितिको कार्यालयमा आज आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा प्रवक्ता शर्माले सो धारणा व्यक्त गरेका हुन् ।

उनले यस अघिको सरकारले देशको प्राथमिकता नबुझेकाले सरकारबाट बाहिरिनुपरेको हो भने । “कांग्रेसलाई जनताले पाँच वर्षको लागि प्रतिपक्षमा बस्ने म्यान्डेट दिएको मैले बारम्बार भन्दै आएको हो तर पनि देश चलाउनुपर्नेले नचलाएपछि मुलुक सम्हाल्नको लागि कांग्रेस सरकारमा आउनुपरेको हो”, उनले भने । अघिल्लो सरकारले अस्थिरताका लागि अध्यादेश ल्याएको बताउँदै प्रवक्ता शर्माले भने,“ वर्तमान सरकारले मुलुकको स्थिरताका लागि अध्यादेश ल्याउनु बाँध्यता हो ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *