एमाले फुट्यो, माओवादी कमजोर छ, कांग्रेसको विकल्प छैनः महामन्त्री कोइराला

डिसी नेपाल
१२ भदौ २०७८ २२:४४

दाङ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले गुटबन्दीले कांग्रेसलाई कमजोर बनाएको बताएका छन् ।

‘गुटबन्दीलाई समाप्त पार्ने वितिकै नेपाली कांग्रेस शक्तिशाली छ । झन् अहिले एमाले फुटेको छ, माओवादी कमजोर भएको छ । अरु दल नै छैनन्,’ कांग्रेस दाङले आयोजना गरेको कार्यक्रममा उनले भने ‘त्यसलै नेपाली कांग्रेस एकजुट भएर आयो भने कांग्रेसको विकल्प नै हुँदैन ।’

उनले कार्यकर्ताहरुलाई शुद्ध राजनीतिक गर्नसमेत अनुरोध गरे । ‘राजनीति जनताको सेवाको लागि गर्ने हो,’ कार्यकर्ताहरुलाई अनुरोध गर्दै भने, ‘आफनो लागि गर्ने भए व्यापार व्यवसाय गर्नुस् ।’

कोइरालाले पार्टीको जिल्ला अधिवेशन सफलतका साथ सम्पन्न गर्न निर्देशनसमेत दिए । सहमहान्त्री प्रकाशसरण महतले पनि कांग्रेसले पछिल्लो समयमा सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार नै महाधिवेशन सम्पन्न हुने बताए ।

नेपाली कांग्रेसका केन्द्रिय आमन्त्रित सदस्य कृष्णकिशोर घिमिरेको आमाको स्वर्गारोहण भएको ९औ दिनको अवसरमा श्रद्धाञ्जली अर्पण गर्न महान्त्री कोइराला र सहमहान्त्री महत दाङ आएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *