‘तिमी हौ आँखाको नानी’ गीत सार्वजनिक
काठमाडौ। गीतकार ज्ञानेन्द्र गदालद्वारा रचना गरिएको ‘तिमी हौ आँखाको नानी’ बोलको गीत आइतबार सार्वजनिक भएको छ।
ओएसआर डिजिटलद्वारा युट्युबमा सार्वजनिक गरिएको उक्त गीतमा अनुपमा प्रधानको स्वर रहेको छ भने पूजन लोहागनको संगीत रहेको छ। सिक्किम निवासी पूजन र अनुपमाको सकृयतामा यो गीत भारतको दार्जिलिङ्गमा रेकर्डिङ्ग तथा छायांकन गरिएको हो। यस म्युजिक भिडियोमा रोनक बिश्वकर्मा र यशोदा तिम्सिनाले अभिनय गरेका छन्।
गीतकार गदाल लामो समयदेखि अमेरिकाको कोलोराडोमा वसोवास गरेता पनि साहित्य लेखनमा निरन्तर लागिरहेका छिन्नलता गीत पुरस्कारबाट समेत सम्मानित श्रष्टा हुन्। उनका धेरै एकल गीतका एल्बम र गीतसंग्रहहरु पनि प्रकाशित छन्।
भिडियाे
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment