कांग्रेसमा प्रतिनिधित्वको अनुसूचीअनुसार वडा र क्षेत्रमा एक\एक जना थप्न सिफारिस

डिसी नेपाल
१७ भदौ २०७८ २१:००

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महिला, दलित, आदिवासी, खसआर्य, मधेसी, मुस्लिम, थारू, अल्पसंख्यक वा अपांगता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित हुने व्यवस्था गर्न सिफारिस गरिएको छ ।

उल्लिखित समूहमध्ये केन्द्रबाट पठाइएको सूचीमा हालको व्यवस्थाअनुसार पालिका वडा कार्यसमिति सदस्य वा क्षेत्रीय प्रतिनिधि नहुने अवस्था आएमा भएमा सो वडामा सो समूहबाट नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेको खण्डमा एक जना वडा कार्यसमिति सदस्य र एक जना क्षेत्रीय प्रतिनिधि थप गर्न व्यवस्था गर्न सिफारिस गरिएको छ ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएका हुन् ।

‘२०७८ साउन ३० को कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार प्रतिनिधित्वको अनुसूची समितिको बैठकमा प्राप्त सुझावलाई ध्यानमा राखी यो प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइनेछु,’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै, कांग्रेस केन्द्रीय सदस्य एवं नेपाल दलित संघका केन्द्रीय अध्यक्ष मीन विश्वकर्माले बुधबार पार्टीको १४औं महाधिवेशनका लागि हुने प्रतिनिधि छनोटदेखि नै दलित प्रतिनिधित्व नहुने गरी निर्वाचन निर्देशिका बनाइएको भन्दै पार्टीको केन्द्रीय सदस्य र दलित संघको अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

विश्वकर्माले राजीनामा बुझाएपछि आज बिहान देउवाले आगामी वडा अधिवेशनमा दलित र मुस्लिम समुदायको प्रत्येक वडामा अनिवार्य प्रतिनिधित्व गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *