माधव नेपालका सांसदको पद जोगाइदिएको विरुद्ध ओलीले हालेको रिटको आज सुनुवाइ हुँदै

डिसी नेपाल
१८ भदौ २०७८ ११:१३
308
Shares

काठमाडौं । नेकपा एमालेले कारवाही गरेका १४ जना सांसदलाई कारवाही नगरी माधव नेपालको नेतृत्वमा एमाले विभाजन गरेर अर्को पार्टी गठन गरिनु गैरकानुनी भएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमाथि आज सुनुवाइ हुने भएको छ । एमालेले कारवाहीका लागि लेखि पठाएका सांसदहरुलाई सभामुखले कारवाही नगरेको र निर्वाचनले नयाँ दलको मान्यता दिएर गैरकानुनी काम गरेको भन्दै ओलीले रिट दायर गरेका थिए ।

निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिटमाथि सुनुवाइको लागि आज न्यायाधीश मीरा खड्काको इजलासमा पेशी तोकिएको छ । एमालेले साधारण सदस्यबाट समेत निष्कासन गरेका ९ जना सांसदलाई पदबाट हटाइनुपर्नेमा सांसदकै हैसियतमा नयाँ दल गठन गर्न दिइएको भन्दै ओलीले निर्वाचन आयोगको यो निर्णय खारेजीको माग गरेका छन् ।

पार्टीले कारवाही गर्ने निर्णय गर्दै साधारण सदस्यबाट समेत निष्काशन गरेका सांसदहरुको पद जोगाइदिएर सभामुखले समेत असंवैधानिक काम गरेको ओलीको दावी छ । ओलीले माधव नेपाल, झलनाथ खनालसहित १४ सांसदको पद समेत खारेजीको माग गरेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *