फिल्म ‘शेरशाह’ ले रिलिजको २ हप्तामै बनायो ४ रेकर्ड, आइएमडिबीमा ८.५ रेटिङ

डिसी नेपाल
२२ भदौ २०७८ ०:०६
3.5k
Shares

काठमाडौं । फिल्म ‘स्टूडेन्ट अफ द ईयर’ बाट बलिउडमा डेब्यू गरेका सिद्धार्थ मल्होत्रा अभिनीत फिल्म ‘शेरशाह’ ले ओटीटीमा इतिहास रचेको छ ।

पाकिस्तानसँँगको करगिल युद्धमा क्याप्टेन विक्रम बत्राको पराक्रमलाई फिल्मलाई देखाइएको छ । भारतको स्वतन्त्रता दिवसमा अमेजन प्राइम भिडियोमा रिलिज भएको यो फिल्म अहिलेसम्म पनि दर्शकको पहिलो रोजाइ बनेको छ । जसका कारण फिल्मले रिलिजको २ हप्तामै ४ रेकर्ड बनाएको छ ।

‘शेरशाह’ अमेजनमा सबैभन्दा बढी हेरिने फिल्म बनेको छ । अहिलेसम्म अमेजनमा रिलिज भएको कुनै बलिउड फिल्मलाई यति राम्रो ‘भ्यूअरसिप’ मिलेको थिएन । यो फिल्मले रेटिङमा पनि रेकर्ड बनाएको छ । दर्शकबाट मिलेको सकारात्मक प्रतिक्रियाका कारण फिल्मलाई आइएमडिबीमा ८।५ रेटिङ मिलेको छ । जुन रेटिङ बलिउडका ठूला स्टारका फिल्मले समेत पाएका छैनन् ।

अमेजनमार्फत यो फिल्मलाई ४१ सयभन्दा बढी शहर र गाउँमा हेरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.