‘महाप्रबन्धक डिमप्रकाशले राजीनामा दिनुपर्ने कारणहरु’

डिसी नेपाल
२४ भदौ २०७८ २२:३७

काठमाडौं । नेपाल वायुसेवा निगममा कार्यरत कर्मचारी बिना तयारी निगमलाई निजीकरण गर्न लागिएको भन्दै २ महिनादेखि आन्दोलनरत छन् । उनीहरुले निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलको नेतृत्वमा निगमलाई निजीकरण गर्न लागिएको भन्दै पौडेललाई कार्यालय प्रवेशमा रोक लगाउँदै आन्दोलन गर्दै आइरहेका हुन् ।

नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियनहरु महाप्रबन्धक पौडेलले राजीनामा दिनुपर्ने कारण सार्वजनिक गरेका छन् । १३ असारमा बसेको सञ्चालक समितिको बैठकले नेपाल वायुसेवा निगमलाई ‘पब्लिक’ कम्पनीमा रूपान्तरण गर्न बनाइएको प्रबन्धपत्र र नियमावलीको मस्यौदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्र पठाएपछि साढे १ महिनादेखि आन्दोलनमा उत्रिएका संयुक्त ट्रेड यूनियनले महाप्रबन्धक पौडेलको राजीनामा दिनुपर्ने कारण सार्वजनिक गरेका हुन् ।

संयुक्त ट्रेड यूनियनले अघि सारेका कारणहरू :

१. नेपाल वायुसेवा निगमको सञ्चालक समितिको अध्यक्षले राजीनानामा दिएको मौका छोपेर, नेपाल सरकारको योजना एवं कार्यक्रम वा कुनै निर्देशन विना निगमलाई कम्पनीमा रुपान्तरण गर्न, निगम ऐन २०१९ को भावना र मर्म विपरित, निगमलाई बेची मोटो रकमको हिस्सा हत्याउन, गैर कानुनी तरिकाले सञ्चालक समितिका सदस्य बुद्धि सागर लामिछानेलाई नक्कली अध्यक्ष बनाई निजको अध्यक्षतामा बसेको बैठकले संस्थालाई कम्पनीकरण गर्ने बाहानामा निजीकरण गरी बन्द गराउने योजना गरेकाले ।

२. निगमको भैरहेको संगठनात्मक संरचनालाई मनोमानी तरीकाले कटौती गरी निगमको व्यापार क्षेत्र समेत संकुचित बनाई बन्दको स्थितिमा पुऱ्याएकाले ।

३. देश भरि भएका निगमको चल अचल सम्पत्तिको ड्यु डिलिजेन्स अडिट(डीडीए)बाट प्रचलित दरभन्दा अत्यन्त न्यून दरमा मूल्याङ्कन गरी राज्यको सम्पत्तिमाथि नितिगत भ्रष्ट्राचार गराएकोले ।

४. आन्तरिक उडानमा प्रयोग हुने जहाजहररूलाई सुनियोनिज ढङ्गले हाल भुमिस्थ गरिरहेको, निगमले गर्दै आएको ग्राउन्ड ह्यान्डिलङ, विदेशी ह्यान्डिलङ र आन्तरिक उडान बन्द गर्ने उद्देश्य अनुरुप अन्तराष्ट्रिय उडान तर्फका ४वटा जहाजहरुलाई मात्र हिसाव गर्दै ५ सय ५० स्थायी कर्मचारी समेत कटौती गर्ने गृहकार्य गरिरहेकाले ।

५. संस्थाको आर्थिक अवस्था कमजोर भएको बेला महाप्रबन्धकको आफ्नो तलब ३ सय प्रतिशत भन्दा बढीले वृद्धि गरी, करिब ४ लाख भन्दा बढी पुऱ्याई आयकर वापतको कर निगमले तिर्ने गलत व्याख्या गर्दै संस्थालाई थप आर्थिक भार गराएकोले ।

६. नेपाल सरकारको पूर्ण स्वामित्वमा भएको अविछिन्न स्वायत्त संस्थालाई डिम प्रसाद पौडेलको व्यवस्थापकीय कमजोरीका कारण निगमको ऋण भार बढेकाले ।

७. निगम सञ्चालक समितिवाट आन्तरिक उडानमा प्रयोग भइरहेका जहाजहरुलाई भूमिस्थ गर्ने निर्णय गराइ निगमको आन्तरिक उडानलाई शून्यको अवस्थामा पुर्याउने कार्य गरेकोले ।

८. जीएसए नियुक्तिमा स्पष्ट कार्यविधि नअपनाई आफु निकटजीएसए नियुक्ति गरि करोडौं रकमको चलखेल गरेकाले ।

९. आंशिक बजेटमा मनोरञ्जन, मसलन्द खर्च, आफ्नो आतिथ्य खर्च, दिर्घकालिन छापा लगायतका विषय शिर्षक राखि बजेट पास गरेको तर कार्यालयका सम्पूर्ण कामकाज सञ्चालनमा राखेरै मर्यादित आन्दोलन गरिराखेका स्थायी कर्मचारीहरुको मात्र तलव जस्तो आधारभुत आवश्यकता रोक्का गर्ने जस्तो अपराध गरेकाले ।

१०. कोभिङको समयमा सम्भाव्य यथष्ट उडानहरु गर्न गराउन नसकी निजी वायुसेवा कम्पनीको तुलनामा निगमको अत्यन्तै न्यून उडानहरु भएकाले ।

११. त्रिभूव अन्तर्राष्ट्रिय विमानस्थलमा घटना भएको वाइडवडी जहाजको आवश्यक बाीमा दावी तथा मर्मत सम्भार ढिलासुस्ति गरी करिब ६ महिना पछि अगस्ट २५ मा मात्र मर्मत सम्भार गरी कोभिड–१९ को समयमा निगमले भर्न सक्ने उडानमा क्षति पुर्याएकोले

सरकारको स्वामित्वमा रहेको निगमलाई कौडीको भाउमा बेचेर निजीकरण गर्न कम्पनीको प्रबन्धपत्र र नियमावलीको मस्यौदासमेत तयार पारिसक्दा पनि महाप्रबन्धक पौडेलले सरोकारवालासँग छलफल नगरेको ट्रेड युनियनको आरोप छ ।

यता, नेपाल वायुसेवा निगमको निजीकरण गर्ने विषयमा कुनै योजना नभएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बताउँदै आएको छ ।  

निगमको आन्दोलनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी भए पनि मन्त्रिपरिषद्को विस्तारमा हुन गएको ढिलोका कारण प्रधानमन्त्री देउवाले उनलाई बर्खास्त गर्न सकेका छैनन् । नयाँ पर्यटनमन्त्री नियुक्त हुनासाथ पौडेल बर्खास्त हुनेछन् ।

पत्रसहित




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *