बाराको पचरौता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव सम्पर्कविहीन, आवश्यक सेवा समेत बन्द

डिसी नेपाल
३ साउन २०७९ १७:०१

बारा। बाराको पचरौता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत करिब एक महिनादेखि सम्पर्कविहीन छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव करिब एक महिनादेखि सम्पर्कविहीन भएपछि नगरपालिकाको अति आवश्यक सेवा समेत आजबाट बन्द भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक बर्ष २०७९र८० को नगरसभा समेत भएको छैन । यस्तै, करारमा नयाँ कर्मचारी पदपुर्ति तथा करार नविकरण समेत नहुँदा पचरौता नगरपालिकाको सेवा अवरुद्ध भएको हो ।

नगरपालिकामा करारका ९८ जना कर्मचारी छन् तर, प्रमुख प्रशासकीय अधिकृत नहुँदा उनीहरूको करार नबिकरण हुन नसकेको नगरप्रमुख जलन्धर सिंह जैसवारले जारी गर्नुभएको सूचनामा उल्लेख छ ।

प्रमुख प्रशासकीय अधिकृत यादव विनाजानकारी सम्पर्कविहिन भएपछि स्वास्थ्यका कर्मचारीहरूको करार सेवा १ साउनदेखि थप गर्नुपर्नेमा सो समेत हुन सकेको छैन । नगरपालिकाअन्तर्गतका नगर अस्पताल, नगरले सञ्चालन गरेको बर्थिग्ङ सेन्टर र ल्याबको सम्पूर्ण सेबा बन्द भएको नगर प्रमुख जैसवालले बताए ।

’प्रमुख प्रशासकीय अधिकृत यादवको गैरजिम्मेवारीपूर्ण व्यवहारले नगरपालिकाको काम रोकिएको छ । गत ७ असारबाट सम्पर्किविहीन अधिकृत हालसम्ममा सम्पर्कमा आएका छैनन्,’ नगर प्रमुख जैसवालले भने ।नगरभित्रका अस्पतालमा २३ जना कर्मचारी छन् तिमध्ये २२ जना करारका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *