ललितपुरमा ‘लिभिङ म्युजियम’ बनाउनुपर्छः ऊर्जामन्त्री भुसाल

डिसी नेपाल
२५ भदौ २०७८ २२:०८

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुरको भाषा एवं संस्कृतिको संरक्षण गर्दै यहाँको पर्यटन प्रवर्द्धनका लागि ‘लिभिङ म्युजियम’ (जीवित सङ्ग्राहलय) बनाउनुपर्ने बताएकी छन् ।

ज्यापु समाज यल (ललितपुर)को २८औं वार्षिक साधारणसभा एवं १०औं अधिवेशनका अवसरमा शुब्रबार ललितपुरमा आयोजित कार्यक्रममा उनले ललितपुरका जनताले कला संस्कृतिलाई संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै त्यसलाई निरन्तर कायम राख्दै लैजानुपर्ने बताइन् । उनले कला संस्कृतिको संरक्षण गरेर सिंगो ललितपुर पर्यटन क्षेत्रका रूपमा विकास गरेर जनताको जीवनस्तरलाई उकास्न सकिने विश्वास व्यक्त गरिन् ।

ज्यापु समाज भवन, आनन्त निकेतन, संस्कृति संम्पदाको संरक्षणमा बढावा दिएर भाषा संस्कृतिका हिसाबले आफूले यस संस्थासँग अभिन्न अङ्ग भएको उल्लेख गर्दै उनले यलको सम्पूर्ण गतिविधिमा ऐक्यबद्धता व्यक्त गरिन् । सो अवसरमा समाजका विभिन्न विधामा महत्त्वपूर्ण योगदान गर्ने समाजका सदस्यालाई सम्मान गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *