एमालेकाे विधान अधिवेशनमा ३ हजार प्रतिनिधिरहने प्रस्ताव, ३ बजे पुनः बैठक बस्ने

डिसी नेपाल
२६ भदौ २०७८ १३:४६

काठमाडौं । नेकपा एमालेको विधान अधिवेशनमा ३ हजार प्रतिनिधि रहने प्रस्ताव आएको छ। शनिबार विहान बसेको बैठकबारे जानकारी दिदै नेता योगेश भट्टराईले उक्त प्रस्ताव आएको जानकारी दिए।

उनका अनुसार केन्द्रीय कमिटी, केन्द्रीय विभाग, सङ्घीय तथा प्रदेश सांसद, प्रदेश कमिटी, जिल्ला कमिटी, निकाय, पार्टीका जनवर्गीय सङ्गठन, स्थानीय तहका प्रतिनिधिहरू समेत गरेर ३ हजार जना प्रतिनिधि रहने प्रस्ताव आएको हो। शनिबार दिउँसो ३ बजे एमालेको विधान अधिवेशनबारे छलफल गर्न पुनः स्थायी कमिटी बैठक बस्ने छ।

‘विधान अधिवेशनमा प्रतिनिधि को–को हुने भन्ने विषयमा छलफल गरेका छौँ । त्यसैले अन्तरिम व्यवस्थामार्फत गरेर विधान महाधिवेशनका प्रतिनिधिहरू निश्चित गर्नुपर्ने भएकाले यस विषयमा छलफल गर्दैछौँ,’ भट्टराईले भने।

नेकपा एमालेको पहिलेको विधानले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यहरू स्वतः विधानको प्रतिनिधि हुने व्यवस्था गरेको थियो। तर, नवौँ राष्ट्रिय अधिवेशनपछि पार्टी एकता भयो र प्रतिनिधि परिषद्को निर्वाचन हुन पाएको थिएन।

स्थायी कमिटीले सबै विषयमा छलफल गरेपछि केन्द्रीय कमिटीमा दस्तावजेहरु जान्छ, र केन्द्रीय कमिटीले छलफल गरेपछि विधान महाधिवेशनमा ती दस्तावेजहरू जाने नेता भट्टराईको भनाइ थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *