श्रीलंकामा विदेशी मुद्रा सञ्चिती घटेका बेला गभर्नरले दिए राजीनामा

डिसी नेपाल
२६ भदौ २०७८ १८:४१

काठमाडौं । श्रीलंकाको केन्द्रीय बैंकका प्रमुख डब्ल्यू.डी. लक्ष्मणले शुक्रबार राजनीतिक र व्यक्तिगत कारण देखाएर राजीनामा दिएका छन् ।

१० दिनयताको दौडधुपले आफू मानसिक तनावमा परेको भन्दै उनले ८० वर्षको उमेरमा आफ्नो योजनाबद्ध अवकाशभन्दा छ हप्ता अगाडि आगामी मंगलबारदेखि पदबाट हट्ने बताएका छन् । लक्ष्मणले राष्ट्रपति गोताबाया राजपाक्षको आर्थिक नीति तयार गरेको तर वैचारिक र व्यक्तिगत कारण यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्न नसकेको बताए । उनले संवाददाताहरूसँग भने, ‘गत हप्तादेखि सञ्चारमाध्यममा अप्रिय रिपोर्टहरू आएका छन्, केही राजनीतिक मुद्दाहरू छन्, केही व्यक्तिगत मुद्दाहरू छन् । साधारणतया, मेरो योजनाअनुसार काम गर्न सजिलो थिएन ।’ पछिल्लो समय विदेशी विनिमय संकट तीव्र हुँदै गएपछि सरकारले आयातलाई नियन्त्रण गरेको छ ।

वित्तमन्त्री बासिलले श्रीलङ्काले ‘खतरनाक विदेशी मुद्रा सङ्कट’ सामना गरेको घोषणा गरेको तीन दिनपछि केन्द्रीय बैंकका प्रमुखले राजीनामा दिएका हुन् । अधिकांश निजी बैंकले आवश्यक आयातका लागि लगानी गर्न विदेशी मुद्रा समाप्त भएको बताएपछि राष्ट्रपतिले गत हप्ता आर्थिक सङ्कटकालको घोषणा गरेका थिए ।

(राससको सहयोगमा)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *