हामीले पार्टी फुटाएको हैन, बिद्रोह गरेका हाैँ : गरिमा शाह
काठमाडौं। विद्यार्थी कालदेखि नेकपा एमालेको राजनीति गर्दै आएकी गरिमा शाह २०४६ को परिवर्तन पश्चात राजनीति मै सक्रिय छिन्। नेकपा एमालेको ८औँ र ९औँ महाधिवेशनमा केन्द्रीय सदस्यको जिम्मेवारी पाएकी शाह तत्कालीन नेकपाको पनि केन्द्रीय सदस्यको जिम्मेवारीमा थिइन्।
शाह एमालेकै कोटाबाट २०७० सालमा संविधानसभा सदस्यसमेत बनिन्। तत्कालीन नेकपाको विभाजन र एमालेको पार्टी संघर्षबाट बनेको माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेशको इन्चार्ज रहेकी शाहसँग डिसी नेपालका लागि सम्भव सिंह ठकुरीले गरेको कुराकानीको सम्पादीत अंशः
नयाँ दल दर्ताको मान्यता पाइसक्नु भएको छ। उक्त दलको जिम्मेवार नेता पनि हुनुहुन्छ, कस्तो महशुुस भएको छ?
आफूले थालनी गरेको कुनै पनि काम गौरवपूर्ण नै हुन्छ। मैले गौरवको महशुुस गरेकी छु। र पार्टी दर्र्ता गरिसकेपछि एउटा जिम्मेवारीको रुपमा लिएकी छु।
नेकपा एमाले पार्टी बनाउन यहाँहरुले पनि धेरै रगतपसिना खर्च गर्नुभएको छ। यो नयाँ दल दर्ता गर्नु रहर थियो, कि बाध्यता ?
मैले आफ्नो उर्जावान समय नेकपा एमाले बनाउन मै लगाएकी छु। जतिबेला मैले राजनीतिमा प्रवेश गरँे त्यतिबेला महिलाहरुको लागि त्यति सजिलो थिएन। अझ म सुदूरपश्चिमको पुरातनवादी संस्कारबाट हुर्केकी मान्छे। त्यसैले पनि सहज थिएन। तर, पनि समाज र व्यवस्था परिवर्तनको लागि मैले सबै कुरा त्यागेँ र म आजसम्म अविवाहित छु।
जुनबेला म बिवाह गर्ने उमेरमा थिएँ, स्वभाविक रुपमा बिवाहको लागि कुराहरु उठ्छ। त्यो बेला राजनीति छोड्नु पर्ने हुन सक्थ्यो। मैले पारिवारिक पाटो भन्दा पनि राजनीति सँग नै लगन गाँठो कस्नु पर्छ, भन्ने लागेर अनवरत रुपमा आजसम्म क्रियाशील भएर लागिरहेकी छु।
२०५४ मा एमाले विभाजन भएर माले बन्यो परिणाम राम्रो आउन सकेन। कांग्रेसबाट (प्रजातान्त्रिक) कांग्रेस बन्यो राम्रो परिणाम ल्याउन सकेन। माओवादीबाट अलग भएकाहरुले पनि राम्रो गर्न सकेन त्यसकारण विभाजन भएर जानेहरुको राम्रो बिगत छैन भन्ने एउटा तर्क छ।
त्यसरी उक्त समयमा आफ्नो बारेमा, निजी जीवनको बारेमा, भविष्यको बारेमा सोचेको भए अहिलेको अवस्था भन्दा धेरै माथिल्लो स्थरको जीवन बाँच्न सकिन्थ्यो होला। तरपनि एउटा बिचार, सिद्धान्त र दर्शनलाई अवलम्बन गरिसकेपछि मेरो सम्पूर्ण जीवन राष्ट्रको नाममा समर्पित गर्छु भन्ने लागेर नेकपा एमालेमा उर्जावान समय सबै प्रयोग गरेकी छु। र अहिले आएर नेकपा एकीकृत समाजवादी पार्टी निर्माणको नयाँ अभियानमा लाग्दा यो रहरको विषय हैन, बाध्यात्मक अवस्था हो। हामीलाई यो बाटो रोज्नको लागि बाध्य बनाइएको हो।
बाध्यता भएपनि यहाँहरुले हतार गर्नुभयो भन्नेहरु पनि छन्। यहाँहरुसँग लामो समयसम्म रहुनु भएका प्रभावशाली नेताहरु एमालेमै फर्किनु भएको छ नि ?
एमाले मै रहनु भएका साथीहरुको लागि १० बुँदे सहमतिको कार्यान्वयन त हामीले देखिसकेका छौँ नि। हिजो २०७५ जेठ २ मा नेकपा एमालेको जुन कमिटिहरु थिए, जिम्मेवारीहरु थिए हामीले देखिसक्यौँ त ! कहीँ पनि लागु हुन सकेको छैन।
जेठ २ अघि सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीमबहादुर रावल हुनुहुन्थ्यो। सचिव योगेश भट्टराई हुनुहुन्थ्यो । अहिले सुदूरपश्चिमको ईन्चार्ज लेखराज भट्ट र सचिव प्रदीप ज्ञावली हुनुहुन्छ। यो एउटा सानो उदाहरण मात्र हो। म प्रत्येक जिल्लाको तथ्याङ्क दिन सक्छु। र दावाका साथ भन्छु केपी ओलीले १० बुँदे सहमति कहिल्यै कार्यान्वयन गर्दैनन्।
र अर्को कुरा पार्टी विवाद समाधान १० बुँदेले मात्र हुन्न थियो। त्यो एउटा प्रविधिक कुरामात्र हो। किनभने हाम्रो पार्टी भित्रको विमति विचार, पद्धति, कार्यशैलीमा थियो।
हाम्रो विमति त्यहाँ कस्ले कुन पद पायो भन्नेमा थिएन। नवौँ महाधिवेशनपछि पार्टी कसरी चल्नु पथ्र्यो, त्यो ढंगबाट पार्टी सन्चालन भएन विधिपद्धति सबै मिचियो नवौँ महाधिवेशनबाट स्वीकृत भएका बिचार अंगिकार भएन। तर हामी बिचार र पद्धतीलाई समृद्ध बनाउनुपर्छ भन्ने पक्षमा थियौँ र हाम्रो लडाँई पनि त्यसमै थियो।
यो १० बुँदे कसरी आयो भने, व्यक्तिको व्यवस्थापन कसरी गर्ने भन्नेमा आएको थियो। र मैले त्यसबेलादेखि भन्दै आएकीे थिएँ, यो १० बुँदे एउटा प्रविधिक कुरा हो। केपी ओली एकदमै कुरा घुमाउने र झुटबोल्ने व्यक्ति भएकाले यही कुरा पनि लागु गर्नु हुन्न भन्ने लागेर हामीले बिद्रोह गरेका हौँ।
तपाईँहरुले दल विभाजन गर्नुमा सैद्धान्तिक विमति भन्दा पनि व्यक्तिगत टकराव थियो। केपी ओलीको प्रवित्तिसंग यहाँहरुको विमति थियो, तर पार्टीनै अलग गर्नु पर्ने के अवस्था आईलाग्यो ?
नवौँ महाधिवेशनमा अलिकती बैचारिक विमतिहरु पनि थिए। जस्तो, त्यहाँ दुईवटा समूहहरु थिए एउटा समूहको नेतृत्व माधव नेपालले गर्नुभको थियो, अर्को समूहको नेतृत्व केपी ओलीले गर्नु भएको थियो।
माधव नेपालले नेतृत्व गरेको समूहको सैद्धान्तिक कुरा के थियो भने, नेपाल अब पुँजीवादमा प्रवेश गरेको छ। तर यो पुँजीवादमा दलालहरु हावी छन्। यो कुरा स्वीकार गर्ने की नगर्ने भन्नेमा हाम्रो बहस थियो। केपी ओलीको मान्यता के थियो भने, मुलुक पुँजीवादमा प्रवेश गरिसकेको छैन। २०६२/०६३ को आन्दोलनलाई त उहाँले जनक्रान्ति पनि भन्न रुचाउनु भएको थिएन। अहिलेपनि सामन्तवादी व्यवस्थामा छ, भन्ने उहाँको निचोड थियो।
जव पार्टीमा मुलुक पूँजीवादी व्यवस्थामा प्रवेश ग¥यो भन्ने मत बड्यो तब उनले अधिवेशनमा अध्यक्ष जित्नको लागि स्वीकारे जस्तो गर्नुभयो। हामीले त्यहीँबाट भनेका छौँ, विचार एउटा र नेतृत्व अर्को भयो।
नवौँ महाधिवेशनमा हामीले जुन विचार पारित गर्यौँ। त्यसको बिस्तारको लागि प्रचार प्रसारको लागि अध्यक्ष भएपछि देशको हरेक ठाउँहरुमा लानुपथ्र्यो कहीँ पनि लानु भएन। किनभने, अध्यक्ष बन्नको लागि जर्बजस्त स्वीकार गरिएको थियो। त्यसकारण व्यक्तिबीचको टकरावमात्र थियो भन्ने हैन।
केपी ओलीको प्रवृत्तिसँग यहाँहरुको विमति थियो भने, १०औँ महाधिवेशनबाट नयाँ नेतृत्व ल्याउने क्षमता किन देखाउन नसकेको त?
लोकतन्त्रमा कहिले कहीँ सिद्धान्त भन्दा पनि संख्याको मान्यता हुन्छ। हामी एमालेमा रहँदा त्यहाँ गलत प्रवृत्ति बोकेका मानिसहरुको हावी थियो। हामीले जति नै चिच्याए पनि त्यहाँ लागु हुनसक्ने अवस्था नै थिएन।
त्यहाँ छलफल र कुनै पनि सुनुवाई हुने अवस्था थिएन। जब सुनुवाई हुँदैन, छलफल हुँदैन भने कसरी परास्त गर्न सकिन्छ त ? संख्यात्मक रुपमा गलत प्रवृत्तिका मानिसहरु भएकाले हामीलाई नयाँ नेतृत्व चयन गर्न पनि सम्भव थिएन।
इतिहास हेर्दा फुटेर जानेहरुले निर्वाचनमा राम्रो परिणाम ल्याउन सकेको छैन। आगामी निर्वाचनमा कस्तो परिणामको अपेक्षा गर्नुभएको छ ?
पहिलो कुरा त फुटेको भन्दा पनि बिद्रोह भन्न रुचाउँछु। जहाँसम्म बिद्रोह गरेर कसैको पनि भलो भएको छैन, भन्ने खालको कुरा छ नि। नेपालको राजनीतिक दलहरुको निर्माण नै बिद्रोहबाट भएको छ। मात्रिका कोइरालासँग बीपीले बिद्रोह गर्नुभयो, स्वमं एमाले पनि बिद्रोेहबाट जन्मेको पार्टी हो। दोस्रो राष्ट्रिय महाधिवेशनमा जब केशरजंग रायमाझीले कम्युनिष्ट पार्टीलाई दरबारमा बुझाउनु भयो, पुष्पलालले बिद्रोह गर्नुभयो । त्यसपछि पुष्पलालले पनि पार्टीलाई राम्रो गती दिन नसकेपछि पछि, स–सना कम्युनिष्ट दलहरु मिलेर एमाले बनेको इतिहाँस छ।
२०५४ मा एमाले विभाजन भएर माले बन्यो परिणाम राम्रो आउन सकेन। कांग्रेसबाट (प्रजातान्त्रिक) कांग्रेस बन्यो राम्रो परिणाम ल्याउन सकेन। माओवादीबाट अलग भएकाहरुले पनि राम्रो गर्न सकेन त्यसकारण विभाजन भएर जानेहरुको राम्रो बिगत छैन भन्ने एउटा तर्क छ।
यो तर्कको जवाफमा म के भन्न चाहन्छु भने जतिबेला उक्त दलहरुमा बिद्रोह भयो, त्यतिबेला मुलुकमा संघीयता थिएन, मिश्रित निर्वाचन प्रणाली थिएन, अहिलेको जस्तो सामाजिक सञ्जालहरु, मिडियाहरु थिएन। अहिले बिचार प्रवाह गर्न र भन्नको लागि सहज छ। हामीले किन बिद्रोह गर्यौँ भन्ने कुराहरु बुझाउन सजिलो छ। नागरिकहरु सचेत भएका छन्। त्यसकारण राम्रो मत परिणाम आउने कुरामा विश्वस्त छु।
Facebook Comment