५ सय ३४ जनाको कैद मिनाह गर्न सिफारिस

डिसी नेपाल
२९ भदौ २०७८ २३:०९

काठमाडौँ। गृह मन्त्रालयले विभिन्‍न अपराधमा सजाय भोगीरहेका ५ सय ३४ जना कैदीलाई बाँकी सजाय मिनाह र ७ जनालाई आममाफी दिन सिफारिस गरेको छ । संविधान दिवसको अवसर पारेर गृहले उनीहरुलाई जेलमुक्त गर्न सिफारिस गरेको हो ।

यो सिफारिस अनुसार आगामी असोज ३ गते संविधान दिवसको दिन बाँकी सजाय मिनाह र आममाफी पाएका केदीको विवरण सार्वजनिक गरिने छ । यी दुवै विषय मन्त्रिपरिषद्को निर्णयका आधारमा राष्ट्रपतिबाट प्रमाणित भएपछि मात्र कार्यान्वयनमा जानेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *