कांग्रेसले सार्वजनिक गर्‍यो थप ७ जिल्लाको क्रियाशील सूची

डिसी नेपाल
३० भदौ २०७८ १८:१२

काठमाडौं । नेपाली कांग्रेसले १४ औँ महाधिवेशनका लागि थप ७ जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको छ ।

क्रियाशील सदस्यता छानविन समितिले थप १० जिल्लाका विवाद टुंग्याएर बुझाएपनि ७ जिल्लाको सूची वेबसाइटमार्फत सार्वजनिक गरिएको निर्वाचन समितिले जनाएको छ ।

क्रियाशील सदस्यताको सूची सार्वजनिक गरिएका जिल्लाहरूमा काठमाडौं, मोरङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाजुरा रहेका छन् । निर्वाचन समितिमा महोत्तरी, पर्सा र धनुषा जिल्लाको क्रियाशील सदस्यता सूची पुगेपनि ती जिल्लाको सूची सार्वजनिक गरिएको छैन ।

कांग्रेसले यसअघि ५७ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिसकेको छ । यही भदौ १८ गतेदेखि प्रारम्भ भएको पार्टीको वडा अधिवेशन हालसम्म उक्त सबै ५७ जिल्लामा सम्पन्न भइसकेको छ ।

बाँकी २० जिल्लामध्ये १० जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान गरी प्रिन्ट भइसकेको भएपनि ७ जिल्लाको सूची सार्वजनिक गरिएको छ ।

सबै जिल्लाको विवाद समाधान गरी छिट्टै पार्टीको केन्द्रीय निर्वाचन समितिलाई विवरण बुझाइने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । क्रियाशील सदस्यता विवरण प्राप्त भएपछि मात्र समितिले बाँकी जिल्लामा वडा अधिवेशन प्रारम्भ गर्ने जनाएको छ ।

करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ्नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्छन् । कांग्रेसको पछिल्लो अधिवेशन कार्यतालिकाअनुसार अधिवेशन प्रारम्भ हुन बाँकी २० जिल्लामा गाउँ्नगर वडा अधिवेशन आगामी असोज ५ गते तोकिएको छ ।

त्यस्तै गाउँ्नगरपालिका अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते निर्धारण गरिएको उनले बताए ।

एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते तोकिएको छ । यस्तै कांग्रेसले प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिसकेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *