सरकारले गठन गर्यो सुकुम्बासी आयोग, अध्यक्षमा निरौला नियुक्त

काठमाडौँ । सरकारले सुकुम्बासी समस्या समाधान आयोग गठन गरेको छ । नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय अध्यक्ष केशव निरौला र उपाध्यक्षमा महेन्द्र खड्कालाईलाई नियुक्त गरिएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले मोरङका निरौलालाई आयोगको अध्यक्षमा नियुक्त गरेको स्रोतले जनाएको छ । अध्यक्ष नियुक्त भएका निरौला कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य थिए । उनी नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय अध्यक्ष समेत हुन् ।
यसअघि केपी ओली नेतृत्वको सरकारले देवी ज्ञवालीको अध्यक्षतामा सुकुम्बासी समस्या समाधान आयोग गठन गरेको थियो । तर, शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि १९ साउनमा सो आयोग खारेज गरेको थियो । निरौला र खड्काले बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथ लिएका छन् ।
Facebook Comment