एमालेको टिप्पणीः खर्च व्यवस्थापनमा समस्या आउनुमा सरकार जिम्मेवार

डिसी नेपाल
३० भदौ २०७८ २०:५४

काठमाडौं । नेकपा (एमाले) ले मुलुकमा बजेटको रिक्तता भई राज्यको खर्च व्यवस्थापनमा समस्या उत्पन्न हुनुमा सरकार जिम्मेवार भएको टिप्पणी गरेको छ ।

संवैधानिक र कानूनी व्यवस्थाअनुरूप बजेट अध्यादेशलाई संसद्मा प्रस्तुत गरी पारित नगरेर सरकारले अघिल्लो सरकारमाथि पूर्वाग्रह राखेकाले समस्या उत्पन्न भएको एमालेका महासचिव ईश्वर पोखरेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा यस्तो अवस्था आउनुमा सभामुख र सरकारको व्यवहार भएको आरोप लगाउँदै प्रमुख प्रतिपक्षको माग पूरा गरेर सदन चलाउन आग्रह गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *