राष्ट्रिय भूमि आयोगका पदाधिकारीले लिए शपथ

डिसी नेपाल
३० भदौ २०७८ २१:०१

काठमाडौं । सरकारले गठन गरेको ‘राष्ट्रिय भूमि आयोग, ०७८’का पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आयोगका अध्यक्ष केशव निरौलालाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष निरौलाले सुकुम्वासीका समस्याहरुलाई हटाउने बताए। उनले सुकुम्वासी समस्याका नाममा धेरै समयसम्म देशमा जटिलताहरु थपिँदै गएकोले आफ्नो नेतृत्वको टीमले ती समस्याहरुलाई हटाउने प्रयत्न गर्ने बताए। मङ्गलबारको मन्त्रिपरिषद् बैठकले सो आयोग गठन गर्ने निर्णय गर्दै अध्यक्षमा निरौला र उपाध्यक्षमा खड्कालाई नियुक्त गर्ने निर्णयसमेत गरेको थियो ।

अध्यक्ष नियुक्त निरौला कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य र नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय अध्यक्ष हुन् ।सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले देवी ज्ञवालीको अध्यक्षतामा गठित सुकुम्बासी समस्या समाधान १९ साउनमा खारेज गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *