सिरहामा पाँच किलो चाँदीसहित दुई भारतीय पक्राउ

डिसी नेपाल
३० भदौ २०७८ २१:४८

काठमाडौं । ५ किलो चाँदी लिएर भारततर्फ जाँदै गरेका दुई भारतीय नागरिकलाई सिराहामा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको खुटौना ग्राम पञ्चायतका रवि महतो र पिन्टु महतो छन् । आज साँझ चेकजाँचको क्रममा भारतको मधुवनी जिल्ला खुटौना पञ्चायतका रबि महतो र पिन्टु महतोलाई चाँदीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ५ किलो चाँदी बरामद प्रहरीले जनाएको छ ।

दुबै जनालाई आवश्यक कारबाहीका लागि प्रहरी चौकी ठाडीले ईलाका प्रहरी कार्यालय लहानमा बुझाउन लागेको सिरहाका एसपी हिराबहादुर पाण्डेले जानकारी दिए । उनका अनुसार उनीहरुले कहाँबाट चाँदी खरिद गरेका थिए भन्ने विषयमा अनुसन्धान भईरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *