माधव नेपालले लिएकाे बाटाे गलत छ : उपाध्यक्ष शाक्य

डिसी नेपाल
३१ भदौ २०७८ १४:११

काठमाडाैं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफू धेरै रात नसुतेको बताएकी छिन्। एमालेको काठमाडौं कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले माधव नेपालले लिएको बाटो पनि गलत भएको बताएकी छिन्।

‘मेरो प्रस्ट धारणा छ,’ उपाध्यक्ष शाक्यले भनिन्, ‘माधव नेपालले लिएको बाटो ठिक होइन, अहिले फुटको होइन, जुटको राजनीति र सुदृढ एमालेको आवश्यक्ता छ। माधव नेपाल हाम्रो नेता हो, तर आज जीवन त्याग गरेको पार्टी छोडेर आन्दोलन अघि बढाउँछु भन्नुभएको छ यो ठिक होइन, फेरि समिक्षा गर्नुस्, फर्केर आउनुस्, तपाईको भुमिका एमालेमा अझै आवश्यक छ।’

नेकपा एमालेको विवाद भएकाबेला आफू धेरै रात नसुतेको पनि उनको भनाइ छ। उनले पार्टी भित्रभएको विवादका कारण किन कसरी भयो अब के हुन्छ। यस्तो नभए हुने भन्ने जस्ता प्रश्नहरुले आफूलाई सुत्न नदिएको बताइन्।

‘मेरो जिन्दगीमा त्यो बेला सबभन्दा पीडाको समय भयो,’ उनले भनिन्, ‘म रातभरि सुत्न सकिँन । किन हामी मिल्न सकेनौ ? भन्ने कुरा मनमा खेल्यो । तर ०७८ जेठ १ मा खुसी भएँ। एमाले विवाद मिलाउन कार्यदल बन्यो र त्यसले प्रस्ताव अघि ल्यायो अनि बल्ल आफ्नै घरभित्र पस्न पाउनेभयौँ भनेर खुसी भएँ।’

पार्टीमा विचार शून्य भएका कारण गुटबन्दी मौलाएको भन्दै शाक्यले विचारको छलफल रप्रशिक्षण आवश्यक रहेको स्मरण गरिन्। विगतका गल्तीको निर्मम समिक्षा गर्न जरुरी भएको शाक्यको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *